बिहीबार, फागुन २१, २०८२

प्रोफेसनल फाइटमा नवराज र विद्याले जिते उपाधि

गोकर्णेश्वर मुवाँथाई क्लबका नवराज पराजुलीले राष्ट्रव्यापी मुवाँथाई प्रतियोगिताको प्रोफेसनल फाइटतर्फ पुरुष ७५ केजीको प्रतिस्पर्धामा उपाधि जितेका छन्।
 |  आइतबार, चैत २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत २०, २०७८

काठमाडौं– गोकर्णेश्वर मुवाँथाई क्लबका नवराज पराजुलीले राष्ट्रव्यापी मुवाँथाई प्रतियोगिताको प्रोफेसनल फाइटतर्फ पुरुष ७५ केजीको प्रतिस्पर्धामा उपाधि जितेका छन्। फाइनलमा केन्द्रीय मुवाँथाई क्लबका रसिब जारीलाई पराजित गर्दै नवराजले उ पाधि जितका हुन्।

प्रोफेसनलकै पुरुष ६३ केजीमा गोकर्णेश्वरका अब्राहम राईले काठमाडौं नेसनल सुकेधाराका प्रवेग घिसिङ, ६० केजीमा गोकर्णेश्वरका कृतन श्रेष्ठले केन्द्रीयका दिनेश जिमी र ५८ केजीमा गोकर्णेश्वरका लाक्पा तामाङले काठमाडौं सुकेधाराका प्रताप घिसिङलाई हराउदै स्वर्ण जितेका छन्।

नेपाल राष्ट्रिय मुवाँथाई संघद्वारा आयोजित प्रतियोगिताको महिला प्रोफेसनलको ६० केजीमा नेपाल एपीएफ क्लबकी विद्या गुरुङ बनेपाकी चन्दा भुजेललाई पाखा लगाउँदै पहिलो भइन्।

फर्पिङमा भएको प्रतियोगिताको एमेच्योरतर्फ महिला ५१ केजीमा स्ट्रोङगेस्ट क्लब, पोखराकी सुरक्षा केसी र ५३ केजीमा जिमखाना मुवाँथाईकी प्राप्ती वतास पहिलो बने। फाइनलमा सुरक्षाले काठमाडौं सुकेधाराकी सन्जाली घिसिङ तथा प्राप्तीले स्ट्रोङगेस्टकी सुष्मा चौधरीलाई पाखा लगाए।

सेमिप्रो फाइटको पुरुष ५०–५३ केजीमा नेपाल आर्मीका कृष्ण पुन मगरले काठमाडौं सुकेधाराका थोमन मोक्तान तथा ६९–७३ केजीमा आर्मीका पदमसिंह थापाले आर्मीकै प्रकाशकुमार बरुवाललाई पन्छ्याउँदै पहिलो भए।

kumari

एमेच्योरतर्फ पुरुष ५३–५५ केजीमा सगरमाथा क्लब, बेलवारीका अरिक राईले केन्द्रीयका योगेन्द्र खड्का, ५६–६० केजीमा वज्रवराही क्लबका सुजन स्याङतानले काठमाडौं सुकेधाराका सविर श्रेष्ठ, ६३–६५ केजीमा स्ट्रोङगेस्टका रोहित कायातले हिमालयन ब्लड दमकका युकेश धिमाल तथा ६७–७० केजीमा स्ट्रोङगेस्टका सन्दिपसिंह गुरुङले काठमाडौं सुकेधाराका छिरिङ फुन्जो शेर्पालाई फाइनलमा निराश पार्दै स्वर्ण जिते।

दुईदिने प्रतियोगिताको पुरुषमा १० र महिलामा ३ गरी १३ स्पर्धामा ४६ खेलाडीले प्रतिस्पर्धा गरेको आयोजकले जनाएको छ।

प्रकाशित: Apr 03, 2022| 17:10 आइतबार, चैत २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।