आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • सेभिल्लाविरुद्ध जित निकाल्दै दोस्रो स्थानमा उक्लिने दाउमा बार्सिलोना

सेभिल्लाविरुद्ध जित निकाल्दै दोस्रो स्थानमा उक्लिने दाउमा बार्सिलोना

स्पेनिस शीर्ष डिभिजनको फुटबल ला लिगामा आज आइतबार राति चौथो स्थानको बार्सिलोना र दोस्रो स्थानको सेभियाबीच रोमाञ्चक खेल हुँदैछ।
 |  आइतबार, चैत २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत २०, २०७८

काठमाडौं– स्पेनिस शीर्ष डिभिजनको फुटबल ला लिगामा आज आइतबार राति चौथो स्थानको बार्सिलोना र दोस्रो स्थानको सेभियाबीच रोमाञ्चक खेल हुँदैछ। बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा नेपाली समय अनुसार राति पौने एक बजे सुरु हुने खेलमा बार्सिलोनाले पाहुना टिमको सामना गर्न लागेको हो।

National life

अहिलेसम्मको तालिका हेर्दा सेभिल्लाले २९ खेलबाट ५७ अंक जोडेको छ भने एक खेल कम खेलेको बार्सिलोनाले २८ खेलबाट ५४ अंक बटुलेको छ। बार्सिलोना आजको खेल जित्दै पहिलो पटक सिजनको दोस्रो स्थानमा उक्लिने दाउमा हुनेछ।

सिजनको सुरुवातदेखि नै खराब लयबाट गुज्रिएको बार्सिलोनाले आफ्ना प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्त गरी नयाँ प्रशिक्षक तथा बार्सिलोनाका पूर्व खेलाडी जाभीलाई नियुक्त गरेको छ। त्यसपपछि बार्सिलोनाले खेलमा व्यापक सुधार गर्दै यो स्थितिसम्म आइपुगेको हो। सेभिया भने सुरुबाटै राम्रो लयमा खेल्दै आइरहेको छ। उसले लिगको अन्तिम १३ खेलमा हार बेहोरेको छैन। 

विगतलाई हेर्ने हो भने सेभियाले सन् २००२ देखि अहिलेसम्म बार्सिलोनालाई उसको घरेलु मैदानमा हराउन सकेको छैन। यो भनेको १८ औं खेलको दौड हो। जसमा १५ खेल बार्सिलोनाको हातमा परेको छ भने बाँकी खेल बरारीमा रोकिएका छन्।

यता सेभियाचाहिँ आज बार्सिलोनालाई उसकै मैदानमा हराएर इतिहास रच्ने तथा लिगमा आफ्नो दोस्रो स्थान सुरक्षित गर्ने दाउमा छ। बार्सिलोनासँग हारको अवस्था रहे पनि सेभिया अहिले राम्रो लयमा छ। जहाँ उसले ला लिगामा अन्तिम १५ खेलमा हार बेहोरेको छैन। यो उसको उत्कृष्ट अनविटन रन पनि हो।

Laxmi sunrise bank
kumari

लिगमा शीर्ष स्थानमा रहेको रियल मड्रिडको ६९ अंक छ भने दोस्रो र तेस्रो र तेस्रो स्थानमा रहेका सेभिया र एट्लेटिको मड्रिडको समान ५७–५७ अंक रहेको छ।

प्रकाशित: Apr 03, 2022| 15:58 आइतबार, चैत २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।