शनिबार, असार २८, २०८२

अष्ट्रेलियालाई सातौं पटक एकदिवसीय महिला विश्वकपको उपाधि

इंग्ल्यान्डलाई हराउँदै अष्ट्रेलियाले सातौं पटक विश्वकपको उपाधि जितेको छ।
 |  आइतबार, चैत २०, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, चैत २०, २०७८

vianetvianet

काठमाडौं– इंग्ल्यान्डलाई हराउँदै अष्ट्रेलियाले सातौं पटक विश्वकपको उपाधि जितेको छ। न्युजिल्यान्डमा आइतबार सम्पन्न भएको विश्वकप फाइनल खेलमा इंग्ल्यान्डलाई हराउँदै अष्ट्रेलियाले कीर्तिमानी सातौं पटक विश्वकपको उपाधि जितेको हो।

यसअघि गत वर्ष अष्ट्रेलियामा नै भएको टी २० विश्पकको उपाधि पनि अष्ट्रेलियाले जितेको थियो। त्यो विश्वकपमा उसले इंग्ल्यान्डलाई हराएको थियो। आज भने उसले इंग्ल्यान्डलाई ७१ रनले हराउँदै उपाधि जितेको हो।

यसअघि पनि अष्ट्रेलियाले सन् १९७८, १९८२, १९८८ मा लगातार तीन पटक विश्वकप जितेको थियो। त्यस्तै, उसले सन् १९९७, २००५, २०१३ मा पनि विश्वकप जितेको थियो। सन् २०१३ पछि अष्ट्रेलियाले अहिले फेरि विश्वकपको उपाधि जितेको हो।

क्रिस्टिचर्च रंगशालामा आइतबार सम्पन्न फाइनल खेलमा टस हारेर ब्याटिङका निम्तो पाएको अष्ट्रेलियाले ३६५ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो। अष्ट्रेलियाका लागि एलिसा हिलेले १७० रनको सानदार पारी खेलिन्। अन्या श्रुब्सोलको हातबाट आउट हुनुअघि उनले १३८ बल खेल्दै २६ चौकाको सहयोगमा सो रन जोडेकी थिइन्।

अष्ट्रेलियाले ओपनिङमै १६० रनको साझेदारी गरेको थियो। अर्की ओपनर राचेल हनिसले पनि ६८ रन बनाएपछि त्यो साझेदारी सम्भव भएको थियो। अष्ट्रेलियाका लागि बेथ मुनीले पनि ६२ रनको पारी खेलिन्।

बलिङतर्फ अन्याले सबैभन्दा धेरै तीन विकेट गिराइन्। यससँगै अष्ट्रेलियाले पुरा ओभर खेल्दै पाँच विकेट गुमाएर ३५६ रनक बनाएको थियो। ३५७ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड ४३ ओभर तीन बलमै २८५ रन बनाएर आलआउट भयो।

इंग्ल्यान्डका लागि चौथो नम्बरमा बलिङमा पुगेकी नाट स्किभर १२१ बलमा अविजित रहँदै १५ चौका र एक छक्काको सहयोगमा १४८ रन बनाइन्। यससँगै इंग्ल्यान्डले ३२ ओभरमा २०६ रन बनाइसकेको थियो।

तर उसले विकेट समालेर खेल्न सकेन्। त्यसपछिका ब्याट्स्वुमेन अमी जोन्स २०, सोफीया डुनकली २२ र चाली डिन २१ रनमा आउट भए। कप्तान हेथर नाइटले २६ र टाम्मी बियमाउन्टले २७ रन बनाउनुबाहेक अन्य खेलाडीले सम्झनलायका प्रदर्शन गरेनन्।

यो विश्वकपको उपविजेता भएको इंग्ल्यान्डले चार पटक विश्वकपको उपाधि जितिसकेको छ। इंग्ल्यान्डले सन् १९७३ मा पहिलो संस्करणको विश्वकप जितेको थियो। त्यसपछि उसले सन् १९९३, २००९ र २०१७ मा पनि विश्वकपको उपाधि जितेको छ। यसबाहेक विश्वकप जित्ने देशमा न्युजिल्यान्ड मात्र छ।

विश्वकपमा श्रींलका, बंगलादेश, भारत, पाकिस्तान, न्युजिल्यान्ड, इंग्ल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका र वेस्ट इंन्डिजको सहभागिता थियो।

आठ देश सम्मिलित विश्वकपको शीर्ष चार टिम सेमिफाइनलमा पुगेका थिए। सेमिफाइनलमा पुग्नेमा इंग्ल्यान्ड र अष्ट्रेलियासँगै वेस्ट इन्डिज र दक्षिण अफ्रिका थिए।

पछिल्लो टी–२० विश्वकपको फाइनलमा पुगेको भारत भने पाँचौ स्थानमा रहँदै समूह चरणबाटै बाहिरिएको थियो।

प्रकाशित: Apr 03, 2022| 15:30 आइतबार, चैत २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।