आइतबार, मंसिर ७, २०८२

एसियाली दुवाथलनको उपाधि नेपालका हिमाल र जापानकी हिराकुलाई

नेपालका हिमाल टमाटा र जापानकी हिराकु फुकुओका पोखरामा जारी एसिया ट्राईयाथलन कप तथा दक्षिण एसियन च्याम्पियनसिप अन्तरगत भएको दुवाथलनको उपाधि जित्न सफल भएका छन्।
 |  आइतबार, चैत २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत २०, २०७८

काठमाडौं- नेपालका हिमाल टमाटा र जापानकी हिराकु फुकुओका पोखरामा जारी एसिया ट्राईयाथलन कप तथा दक्षिण एसियन च्याम्पियनसिप अन्तरगत भएको दुवाथलनको उपाधि जित्न सफल भएका छन्।

National life

च्याम्पियनसिपको ५ किलोमिटर रनिङ्ग, २० किलोमिटर साईक्लिङ्ग र २.५ किलोमिटर रनिङ्गको दुरी हिमालले ४५ मिनट ५४.२९ सेकेन्डमा पुरा गर्दै स्वर्ण हात पारेका हुन्। यस्तै हिराकुले सो दुरी १ घन्टा १ मिनट १०.६५ सेकेन्डमा पुरा गर्दै स्वर्ण कब्जा गरेकी हुन्।

नेपाल ट्राईयाथलन संघको आयोजनामा च्याम्पियनसिपको पुरुषतर्फ मानबहादुर थापा मगर दोस्रो र वसन्त थारु तेस्रो भए। मानबहादुरले ५५ मिनट १.०७ सेकेन्डमा र थारुले ५८ मिनट २५.३१ सेकेन्डमा दुरी पार गरेका हुन्। 

यस्तै महिला तर्फ भारतकी स्नेहाल जोशीले १ घण्टा ६ मिनट ५६.८४ सेकेन्ड र नेपालकी इन्द्रकला नेवाङ्गले १ घन्टा ७ मिनट ३३.९४ सेकेन्डमा दुरी पार गर्दै रजत र कास्य पाए।

विजयी खेलाडीहरूलाई गण्डकी प्रदेश सांसद एवं नेपाल ट्राईयाथलन संघका उपाध्यक्ष दीपक कोइराला, गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव एवं नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेज गुरुङ, संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्र राज श्रेष्ठ, खेलकुद पत्रकार केशव पाठक लगायतले पुरस्कार वितरण गरेका थिए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 03, 2022| 13:24 आइतबार, चैत २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।