आइतबार, मंसिर ७, २०८२

आईपीएलः मुम्बईको दोस्रो हार, गुजरातको दोस्रो जित

इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बईले लगातार दोस्रो हार बेहोरेको छ। डीवाई पालिट रंगशालामा शनिबार सम्पन्न मुम्बईले राजस्थान रोयल्ससँग २३ रनको हार बेहोरेको छ।
 |  आइतबार, चैत २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत २०, २०७८

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बईले लगातार दोस्रो हार बेहोरेको छ। डीवाई पालिट रंगशालामा शनिबार सम्पन्न मुम्बईले राजस्थान रोयल्ससँग २३ रनको हार बेहोरेको छ।

National life

टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले पुरा ओभर खेल्दै आठ विकेट गुमाएर १९३ रन बनाएको थियो। जवाफमा मुम्बई २० ओभर खेल्दै आठ विकेट गुमाएर १७० रनमा समेटिएपछि राजस्थानले जित निकालेको हो।

राजस्थानका लागि ओपनर जस बटलरले सतका प्रहार गरे। शतक बनाएपछि बटलर बुमराहको हातबाट आउट भएका थिए। राजस्थानका सन्जु समसनले ३० र सिमरन हेत्मायरले ३५ रनको  योगदान दिए।

मुम्बईका जसप्रित बुमराह र टायमिल मिल्सले समान ३-३ विकेट गिराएका थिए।

जवाफमा मुम्बईका इशान किसनले ५४ र तिलक वर्माले ६१ रनको पारी खेले पनि जितका लागि पर्याप्त भएन। राजस्थानका युजवेन्द्र चहल र नवदिप सैनीले समान २-२ विकेट गिराए।

Laxmi sunrise bank
kumari

त्यस्तै, शनिबार रातिकै खेलमा गुजरातले जित निकाल्दा दिल्ली क्यापिटल १४ रनले पराजित भएको छ। पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ६ विकेट गुमाएर १७१ रन बनाएको थियो।

जवाफमा दिल्लीले ९ विकेट गुमाएर १५७ रन मात्र बनाउन सकेपछि खेल गुजरातको हातमा पुगेको हो। गुजरातलाई जित दिलाउन सुभमन गिलले ८४ रन बनाए। दिल्लीका मुस्तफिजुर रहमानले तीन विकेट लिए।

जवाफमा ऋषभ पन्तले सबैभन्दा धेरै ४३ रन बनाए भने सानदार बलिङ गरेको गुजरातका लकी फग्र्युसनले चार विकेट गिराए।

यो जितसँगै गुजरात टाइटन्सले दुई खेलबाट चार अंक बनाएको छ। त्यस्तै, समान चार अंक बनाएको राजस्थान रोयल्स चाहिँ तालिकाको शीर्षस्थानमा छ। दोस्रो स्थानको कोलकात्ताको पनि चार अंक छ।

पराजित मुम्बई इन्डियन्सले खाता खोल्न सकेको छै भने दिल्ली क्यापिटलले एक जित र एक हार बेहोरेको छ।

प्रकाशित: Apr 03, 2022| 09:00 आइतबार, चैत २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।