बिहीबार, फागुन २१, २०८२

ला लिगामा रियल र एट्लेटिको मड्रिडको जित

स्पेनिस शीर्ष डिभिजनको फुटबल ला लिगामा लिगलिडर रियल मड्रिड र एट्लेटिको मड्रिडले जित निकलोका छन्।
 |  आइतबार, चैत २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत २०, २०७८

काठमाडौं- स्पेनिस शीर्ष डिभिजनको फुटबल ला लिगामा लिगलिडर रियल मड्रिड र एट्लेटिको मड्रिडले जित निकलोका छन्।

सेल्टा भिगोको मैदानमा सम्पन्न खेलमा पाहुना टिम रियलले घरेलु टिमविरुद्ध २-१ को जित निकालेको हो। रियलले पेनाल्टीमा पाएको दुई अवसरलाई सदुपयोग गर्दै जित निकालेको थियो। जहाँ दुवै पेनाल्टी करिम बेञ्जिमाले प्रहार गरेका थिए।

उनले पहिलो पेनाल्टीको अवसर १९औं मिनेटमा पाएका थिए भने दोस्रो पेनाल्टीको अवसर खेलको ६९औं मिनेटमा पाए। यसबीच पहिलो हाफमा रियलले एक गोलको अग्रता बनाएको थियो। तर ५२औं मिनेटमा सेल्टाका लोलितोले गोल गरेपछि खेल बराबरीमा आयो। फेरी बेञ्जिमाको दोस्रो पेनाल्टीसँग रियलको जित निश्चित गराएका थिए।

त्यस्तै, अर्को खेलमा भने एट्लेटिको मड्रिडले अलभेसलाई ४-१ गोलले हराएको छ। अलभेसविरुद्ध जित निकाल्नका लागि जोआ फेलिक्स र लुइस सुआरेजले समान २-२ गोल गरे। 

खेलको ११औं मिनेटमा फेलिक्सले गोल गर्दै एट्लेटिकोलाई घरेलु मैदानमा अग्रता दिलाएका थिए। तर खेलको ६३ औं मिनेटमा अलभेसले बराबरी गोल फर्काएको थियो। खेलको ७५ औं मिनेटमा पेनाल्टीको अवसर पाएपछि सुआरेजले एट्लेटिकोलाई पुनः अग्रता दिलाए।

kumari

खेलको ८२औं मिनेटमा फेलिक्सले र ९०औं मिनेटमा सुआरेजले व्यक्तिगत दोस्रो गोल गरे।

यो जितसँगै एट्लेटिकोले ५७ अंक बनाएको छ। यद्यपि ऊ शीर्षस्थानको रियल मड्रिडभन्दा १२ अंकले पछि छ। गएराति पराजित अलाभेस चाहिँ तालिकाको पुछारमा रहेको छ। ३६ अंक बनाएको सेल्टा भिगो ११औं स्थानमा छ।

ला लिगामा आज राति बार्सिलोनाले सेभियासँग प्रतिस्पर्धा गर्नेछ। यो खेल राति पौने १ बजे सुरु हुनेछ।

प्रकाशित: Apr 03, 2022| 08:40 आइतबार, चैत २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।