बिहीबार, फागुन २१, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • ईपीएलमा ब्रेन्टफर्डसँग चेल्सी पराजित, बराबरीमा रोकियो म्याचेस्टर युनाइटेड

ईपीएलमा ब्रेन्टफर्डसँग चेल्सी पराजित, बराबरीमा रोकियो म्याचेस्टर युनाइटेड

इंग्लिस प्रिमियर लिग (ईपीएल) मा शनिबार राति चेल्सी क्लब ब्रेन्टफर्डसँग ४-१ ले पराजित भएको छ।
 |  आइतबार, चैत २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत २०, २०७८

काठमाडौं- इंग्लिस प्रिमियर लिग (ईपीएल) मा शनिबार राति चेल्सी क्लब ब्रेन्टफर्डसँग ४-१ ले पराजित भएको छ। खेलको पहिलो हाफ गोलरहित बराबरी भएर दोस्रो हाफमा चेल्सीले अग्रता बनाए पनि सो अग्रता जोगाउन नसक्दा चेल्सी पराजित भएको हो।

चेल्सीका लागि एन्टोनी रुडिजरले खेलको ४८औं मिनेटमा सुरुआति गोल गरेका थिए। तर ब्रेन्टफर्डका विटाली जानलेटले पछि परेको दुई मिनेटमै गोल फर्काएर खेललाई बराबरीमा ल्याइहाले।

त्यसपछि ५४औं मिनेटमा क्रिस्टियन एरिक्सनले ब्रेन्टफर्डलाई २-१ को अग्रता दिलाए भने ६०औं मिनेटमा विटालीले अर्को गोल थपे। ब्रेन्टफर्डका लागि चौथो तथा अन्तिम गोल भने योआने विसाले ८७ औं मिनेटमा गरेका थिए।

यससँगै चेल्सीले घरेलु मैदानमा घरेलु समर्थकमाझ हार बेहोरेको छ। हारका बाबजुद चेल्सी ५९ अंक बनाएर तेस्रो स्थानमा कायम छन्। तालिकाको १४ औं स्थानमा रहेको ब्रेन्टफर्डको भने ३३ अंक रहेको छ।

शनिबार रातिकै खेलमा एक गोलले पछि परेको अवस्थाबाट म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीसँग १–१ को बराबरी गरेको छ। पहिलो हाफ गोलरहित बराबरी भएपछि खेलको ६३ औं मिनेट लेस्टर सिटीले अग्रता बनाएको थियो।

kumari

६६औं मिनेटमा युनाइटेडका फ्रेडले बराबरी गोल गरेसँगै दुवै टिमले समान १-१ अंक बाँडेका थिए। अहिले ५१ अंक जोडेको युनाइटेड छैटौं स्थानमा छ भने लेस्टर नवौं स्थानमा छ।

यता, लिभरपुल र म्यानचेस्टर सिटीले चाहिँ गएराति नै जित निकालेका छन्। यो जितसँगै उनीहरूले लिग यात्रा झन् रोमाञ्चक बन्दै गएको छ।

शनिबार राति आफ्नो खेल सकिएपछि वाटमाफोर्टविरुद्ध २–० को जित निकाल्दै लिभरपुल तालिकाको शीर्षस्थानमा उक्लिएको थियो। उतिबेला लिभरपुलको निकट प्रतिद्वन्द्वी म्याचेस्टर सिटी भने बर्नलीसँगको जितको पर्खाइमा थियो।

सिटीले पनि गएराति २–० कै जित निकालेपछि अहिले शीर्षस्थानमा उक्लिएको छ। तालिकामा सिटीको ७३ अंक छ भने लिभरपुलको ७२ अंक रहेको छ। लिग अघि बढ्दै जाँदा यी दुई क्लबबीचको उपाधि यात्रा थप प्रतिस्पर्धात्मक पनि बनेको छ।

प्रकाशित: Apr 03, 2022| 08:15 आइतबार, चैत २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।