बिहीबार, फागुन २१, २०८२

ईपीएल तालिकामा लिभरपुल र सिटीको रोचक प्रतिस्पर्धा

इंग्लिस प्रिमियर लिग (ईपीएल) मा लिभरपुल र म्यानचेस्टर सिटीले जित निकालेका छन्। यो जितसँगै उनीहरूले लिग यात्रा झन् रोमाञ्चक बन्दै गएको छ।
 |  आइतबार, चैत २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत २०, २०७८

काठमाडौं- इंग्लिस प्रिमियर लिग (ईपीएल) मा लिभरपुल र म्यानचेस्टर सिटीले जित निकालेका छन्। यो जितसँगै उनीहरूले लिग यात्रा झन् रोमाञ्चक बन्दै गएको छ।

शनिबार राति आफ्नो खेल सकिएपछि वाटमाफोर्टविरुद्ध २-० को जित निकाल्दै लिभरपुल तालिकाको शीर्षस्थानमा उक्लिएको थियो। उतिबेला लिभरपुलको निकट प्रतिद्वन्द्वी म्याचेस्टर सिटी भने बर्नलीसँगको जितको पर्खाइमा थियो।

सिटीले पनि गएराति २-० कै जित निकालेपछि अहिले शीर्षस्थानमा उक्लिएको छ। तालिकामा सिटीको ७३ अंक छ भने लिभरपुलको ७२ अंक रहेको छ। लिग अघि बढ्दै जाँदा यी दुई क्लबबीचको उपाधि यात्रा थप प्रतिस्पर्धात्मक पनि बनेको छ।

शनिबार राति लिभरपुललाई जित दिलाउन डियागो जोटा र फविन्होले गोल गरे।

त्यस्तै, सिटीलाई जित दिलाउनका लागि केभिड डिब्रुएना र इल्के गुन्डोगनले गोल गरेका थिए।

kumari

प्रकाशित: Apr 03, 2022| 07:55 आइतबार, चैत २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।