आइतबार, मंसिर ७, २०८२

एसिया ट्राइयाथलन कपको उपाधि जेन्टा र इकातेरिनालाई

नेपाल ट्राइयाथलन संघको आयोजनामा पोखरामा भएको एसियया ट्राइयाथलन कपको उपाधि पुरुषतर्फ जापानका जेन्टा युचिदा र महिलातर्फ काजाकिस्तानकी इकातेरिना सावालिनाले उचालेका छन्।
 |  शनिबार, चैत १९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत १९, २०७८

काठमाडौं– नेपाल ट्राइयाथलन संघको आयोजनामा पोखरामा भएको एसियया ट्राइयाथलन कपको उपाधि पुरुषतर्फ जापानका जेन्टा युचिदा र महिलातर्फ काजाकिस्तानकी इकातेरिना सावालिनाले उचालेका छन्।

National life

७५० मिट पौडी, २० साइक्लिङ र ५ किमि दौडको दूरी जेन्टाले ५३ मिनट १४ सेकेन्ड तथा इकातेरिनाले १ घन्टा ०२ मिनेट २० सेकेन्डमा पूरा गर्दै उपाधी उचालेका हुन्। पुरुष तर्फ दोश्रो स्थानमा जापानकै क्योतारो ओसिकावा र तेश्रो स्थानमा अष्ट्रियाका लिओन पगर रहे। क्योतारोले उक्त दूरी ५३ मिनट २२ सेकेन्डमा र लिओनले ५३ मिनट ३६ सेकेन्डमा पूरा गरे।

जापानको टिएनटि टिभि र टिभिएस अपाचेको प्रायोजन रहेको प्रतियोगिताको महिलातर्फ जापानकी हिराकु फुकुओकाले १ घन्टा २ मिनट ५३ सेकेन्डका साथ दोश्रो र काजाकिस्तानकी नादेज्दा बेक्मागनबेताभाले १ घन्टा ४ मिनट १४ सेकेन्डका साथ तेश्रो भइन्।

शिर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीहरुले मेडल, ट्रफी, प्रमाणपत्रका साथै नगद ६३० डलर, ५२५ डलर र ४२० डलर प्राप्त गरे । यस्तै चौथोले ३१५ डलर र पाँचौले २१० डलर प्राप्त गरे।

प्रकाशित: Apr 02, 2022| 18:30 शनिबार, चैत १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।