आइतबार, असार २२, २०८२

वैशाख ९ देखि मण्डलामा ‘पल्पसा क्याफे'

नाटक ‘पल्पसा क्याफे’ यही वैशाख ९ गतेबाट काठमाडौँमा प्रदर्शन हुने भएको छ।
 |  शनिबार, चैत १९, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, चैत १९, २०७८

vianetvianet

काठमाडौं- नाटक ‘पल्पसा क्याफे’ यही वैशाख ९ गतेबाट काठमाडौँमा प्रदर्शन हुने भएको छ। पत्रकार/लेखक नारायण वाग्लेको मदन पुरस्कार विजेता उपन्यास कृति‘पल्पसा क्याफे’मा आधारित नाटक काठमाडौंको थापागाउँस्थित मण्डला थिएटरमा वैशाखभर प्रदर्शन हुने भएको छ। 

सुरज सुवेदीको नाट्य रुपान्तरणमा विमल सुवेदीको निर्देशन र दीलिप रानाभाटको सहनिर्देशनमा प्रदर्शनमा आउन लागेको नाटकको प्रदर्शन मिति हेरफेर भएसँगै कलाकारहरूमा पनि फेरबदल भएको छ। अघिल्लो वर्ष पल्पसाको भूमिकामा स्वस्तिमा खड्काले अभिनय गर्ने भनिएको भए पनि उनको स्थानमा सृष्टि श्रेष्ठ ल्याइएको छ। अर्का प्रमुख पात्र सिद्धार्थको भूमिका भने दिपेश राईले निभाउँदैछन्। नाटक पटकपटक सरेकाले नयाँ नयाँ कलाकारहरूलाई जुटाउन समस्या भएको सहनिर्देशक रानाभाटले जानकारी दिए।

अंग्रेजी, फ्रेन्च, कोरियाली तथा सिंहला भाषामा अनुदित पल्पसा क्याफे उपन्यास १० वर्ष लामो सशस्त्र युद्धको वरपर रहेर एक पेन्टरको कथामा आधारित छ। तत्कालीन परिवर्तनशील समाजको कथालाई सजिलो भाषामा बोलेर उपन्यासले प्रसिद्धी कमाएको छ। 

उपन्यासका धेरै पात्रहरू स्पष्ट रुपमा लाखौँ मानिसको मनमा बसेकाले तीनको कथालाई नाटकमा लिएर जानु आफैँमा चुनौती पूर्ण रहेको नाट्य रुपान्तर सुरज सुवेदीले बताए। निर्देशक विमल सुवेदीले भने १५ वर्षपछि उपन्यासतिर फर्किँदै त्यसले उबेला उठाएका विषयहरूलाई वर्तमान समयमा उभिएर विवेचना गर्न लागिएको जानकारी दिए। 

सृष्टिले यसअघि थिएटर भिलेजकै ‘ह्याम्लेट’ नाटकमा अभिनय गरिसकेकी छन्। उनले ‘सान्दाजुको महाभारत’ ‘यार्मा’, 'ह्यामलेट', ‘मालिनी’जस्ता फरक डिजाइनका नाटक निर्देशन मार्फत आफूलाई चिनाएका विमल सुवेदी लगभग १ दशकपछि पुनः अभिनयमा फर्किँदैछन्। 

नाटकमा सृष्टि र विमलका साथमा दिपेश राई, संगीता थापा, पूर्णिमा आचार्य, बच्चु हिमांशु, सरगम राई, ङिमा शेर्पा, जेनी सुनुवार, चक्र पुलामी, श्रवण सिंह राना, लगायतका कलाकारहरूको अभिनय रहनेछ।

प्रकाशित: Apr 02, 2022| 15:44 शनिबार, चैत १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।