आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विपद् जोखिम न्यूनीकरण गर्न तिन तहबीच सहकार्य आवश्यक छ : मुख्यमन्त्री शाही

विपद् जोखिम न्यूनीकरण गर्न तिन तहबीच सहकार्य आवश्यक छ : मुख्यमन्त्री शाही

‘विपद्सँग सामना गर्न जनशक्ति परिचालन, उपकरणको उपलब्धता र पूर्व तयारी आवश्यक हुन्छ,’ उनले भने, ‘त्यसका लागि तीन तहका सरकार बीचको समन्वय र सहकार्य नितान्त जरुरी छ।’
 |  शनिबार, चैत १९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत १९, २०७८

कर्णाली- कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विपद् जोखिम न्यूनीकरणका लागि तीनै तहबीच सहकार्य आवश्यक रहेको बताएका छन्।

National life

नेपाल सरकार गृह मन्त्रालयअन्तर्गत कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका–७ इत्राम सुर्खेतमा निर्माण भएको मानवीय सहायतास्थलको उदघाट्न गर्दै मुख्यमन्त्री शाहीले विपद् जोखिम न्यूनीकरणको पूर्व तयारीमा सबैले ध्यान दिनुपर्नेमा जोड दिए।

‘विपद्सँग सामना गर्न जनशक्ति परिचालन, उपकरणको उपलब्धता र पूर्व तयारी आवश्यक हुन्छ,’ उनले भने, ‘त्यसका लागि तीन तहका सरकार बीचको समन्वय र सहकार्य नितान्त जरुरी छ।’

मुख्यमन्त्री शाहीले विपद् जोखिमको प्रतिकार्य, उद्धार, राहतका लागि पूर्व तयारी र समयको सदुपयोग महत्त्वपूर्ण कुरो भएको जनाए। यस्ता प्राकृतिक विपद्मा सरकार विकास साझेदारको सहयोग आवश्यक रहेको बताउँदै उनले बेलायत सरकार तथा विश्व खाद्य संगठनको लामो समयदेखिको योगदानको प्रशंसा गरे।

कर्णालीमा पनि विपद्को उच्च जोखिम रहेकाले यसको पूर्व तयारी लाग्न हरेकले समय र महत्त्व दिएर काम गर्नुपर्ने उनको भनाइ थियो। 

Shivam cement

कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हिमबहादुर शाहीले विपद् मानव जातिको सत्रु भएकाले त्यसको रोकथाम, न्यूनीकरण र नियन्त्रणमा साझा प्रयास आवश्यक रहेको बताए।

गृह मन्त्रालयले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा निर्माण गरेको मानवीय सहायतास्थलमा बेलायत सरकार तथा विश्व खाद्य संगठनको सहयोग गरेकाप्रति धन्यवाद व्यक्त गर्दै उक्त संरचनालाई ठूलो पूँजीका रूपमा ग्रहण गरिने जनाए।

प्रकाशित: Apr 02, 2022| 13:39 शनिबार, चैत १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।