बुधबार, असार ३१, २०८३

वर्षाका कारण नेपालले  नेदरल्यान्ड्ससँग ट्रफी बाँड्यो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
लर्डस- नेपाल र नेदरल्यान्ड्सले त्रिकोणात्मक सिरिजको ट्रफी बाँडेका छन् । 

बेलायतको लर्डसमा भएको अन्तिम खेल वर्षाका कारण रद्ध भएपछि नेपाल नेदरल्यान्ड्ससँग ट्रफी बाँड्न बाध्य भएको हो । वर्षा नरोकिने स्थिति देखा परेपछि आयोजकले टी–२० इन्टरनेसनल मान्यतासमेत पाएका यी दुई देशलाई संयुक्त विजेता घोषणा गर्दै ट्रफी बाँडेको हो  । 

आइतबार राति भएका खेलमा दुवै टिमले एक-एक खेल जितेका थिए । मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) लाई नेपाल र नेदरल्यान्ड्सले पराजित गरेका हुन् । तर, नेपाल र नेदरल्यान्ड्सको खेल भने वर्षाले प्रभावित भएपछि दुवै टिमलाई संयुक्त विजेता घोषणा गरिएको हो । 

लर्डसमा टस हारी पहिला ब्याटिङ शुरु गरेको नेदरल्यान्ड्सले ४ विकेटको क्षतिमा १६४ रन बनाउँदा पानी पर्न शुरु गरेको थियो । १६ दशमलव ४ ओभरमा पानी पर्न शुरु गरेपछि स्थगित भएको खेल पुनः शुरु हुन सकेन । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।