बिहीबार, फागुन २१, २०८२

त्रिदेशीय सिरिजमा अपराजित रहँदै फाइनल पुग्ने नेपालको चाहना

नेपाल, मलेसिया र पपुवा न्युगिनी(पीएनजी) सम्मिलित त्रिदेशीय सिरिजअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपालले पाहुना टिम मलेसियाको सामना गर्दैछ।
 |  शनिबार, चैत १९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत १९, २०७८

काठमाडौं- नेपाल, मलेसिया र पपुवा न्युगिनी(पीएनजी) सम्मिलित त्रिदेशीय सिरिजअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपालले पाहुना टिम मलेसियाको सामना गर्दैछ।

त्रिदेशीय सिरिजको फाइनल पुग्नका लागि आज मलेसिलाई जित निकाल्न दबाब छ। आज  हार बेहोरेको अवस्थामा उसको फाइनल पुग्ने सम्भावना कम रहन्छ।

नेपालले चाहिँ तीन खेलमा तीन जित निकालिसकेको छ। त्यसैले नेपाल आज चौथो खेलमा जित निकाल्दै अपराजित रहने सिरिजको फाइनल पुग्न चाहन्छ। फाइनल जित्ने नेपालको लक्ष्य रहेको नेपाली टिमका कप्तान सन्दीप लामिछानेले बताइसकेका छन्।

यता, तालिकाको दोस्रो स्थानमा पीएनजी छ। पीएनजी र मेलसियाको समान २,२ अंक रहेको छ। नेट रन रेटमा पछि पर्दै मलेसिया भने तालिकाको अन्तिममा रहेको छ। आजको खेलमा जित निकाले उसले चार अंक बनाउने छ र फाइनलमा प्रवेश पाउने छ।

त्यसैले आजको खेल दुवै देशका लागि महत्त्वपूर्ण छ।

kumari

यसअघि गएको वैशाखमा सम्पन्न भएको त्रिदेशीय सिरिजमा पनि नेपालले जित निकालेको थियो।

आज नेपाल र मलेसियाबीचको खेल दिउँसो साढे १२ बजेबाट कीर्तिपुर मैदानमा सुरु हुनेछ।

प्रकाशित: Apr 02, 2022| 08:35 शनिबार, चैत १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।