बिहीबार, फागुन २१, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • राष्ट्रिय तेक्वान्दो : पुरुष सिनियरतर्फ रन्जित र हेमन्त फाइनलमा

राष्ट्रिय तेक्वान्दो : पुरुष सिनियरतर्फ रन्जित र हेमन्त फाइनलमा

बागमती प्रदेशका रन्जित साउद र गण्डकी प्रदेशका हेमन्त गुरुङ १७औं राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको सिनियर पुरुषको ६८ केजीमुनि शुक्रबार फाइनलमा प्रवेश गरेका छन्।
 |  शनिबार, चैत १९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत १९, २०७८

काठमाडौं- बागमती प्रदेशका रन्जित साउद र गण्डकी प्रदेशका हेमन्त गुरुङ १७औं राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको सिनियर पुरुषको ६८ केजीमुनि शुक्रबार फाइनलमा प्रवेश गरेका छन्।

सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीको हलमा भएको सेमिफाइनलमा रन्जितले एपीएफका विक्रान्त डंगोल र हेमन्तले मधेश प्रदेशका अर्वाज हुसैनलाई पराजित गरेर फाइनलमा प्रवेश गरेका हुन्।

सिनियर पुरुषकै ५४ केजीमुनि सुदूरपश्चिम प्रदेशका सीमित विष्ट र सृजन श्रेष्ठ, ५८ केजीमुनि लुम्बिनी प्रदेशका नवराज बस्नेत र बाग्मतीका एलिश ठकुरी तथा ६३ केजीमुनि सुदूरपश्चिमका साहिल सुनार र बाग्मतीका सुवासचन्द्र बोहरा फाइनलमा प्रवेश गरे।

सिनियर महिलाको ४६ केजीमुनि लुम्बिनीकी अस्मिता चन्द र बाग्मतीकी सदिक्षा कार्की, ४९ केजीमुनि बाग्मतीकी अन्जली तामाङ र एपीएफकी गीता विष्ट, ६७ केजीमुनि लुम्बिनीकी सृष्टि मगर र नेपाल प्रहरीकी सुस्मिता मोक्तान, ६२ केजीमुनि प्रहरीकी इन्दिरा बस्नेत र सुदूरपश्चिमकी आरती मगर, ५७ केजीमुनि सुदूरपश्चिमकी रोशनी बराल र प्रहरीकी सुस्मा श्रेष्ठ, ७३ केजीमुनि सुदूरपश्चिमकी द्रोपदी भट्ट र बाग्मतीकी सियारन गुरुङ तथा ७३ केजीमाथि बाग्मतीकी सुप्रिया गुरुङ र कर्णालीकी इला खत्रीले फाइनल भिडन्त पक्का गरे।

जुनियर महिलाको ४४ केजीमुनि सुदूरपश्चिमकी सुप्रिमा बजगाईं र प्रदेश १ की रेस्मा भुजेल, ४९ केजीमुनि लुम्बिनीकी दीपशिखा रानाभाट र बाग्मतीकी स्वस्तिका महर्जन, ५५ केजीमुनि लुम्बिनीकी रितु राणा र सुदूरपश्चिमकी गीता कठायत, ६३ केजीमुनि लुम्बिनीकी मन्ता रिजाल र कर्णाली पूजा गहा तथा ६८ केजीमुनि बाग्मतीकी शुभाङ्गी श्रेष्ठ र सुदूरपश्चिमकी अन्जली चौधरीले फाइनलमा स्थान सुरक्षित गरे।

kumari

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का बोर्ड तथा कार्यकारी समितिका सदस्य एकेन्द्र कुँवरले एक कार्यक्रमबीच उद्घाटन गरे। दुईदिने प्रतियोगिताको सिनियरमा १६ र जुनियरमा १० गरी २६ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ। २ सय ३७ खेलाडी सहभागी छन्।

प्रकाशित: Apr 02, 2022| 08:00 शनिबार, चैत १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।