शनिबार, असार २८, २०८२

राष्ट्रिय बक्सिङ प्रतियोगितामा अस्मिता र स्वस्तिका पहिलो

भक्तपुरकी अस्मिता दुवाल र रामेछापकी स्वस्तिका तिरुवाले गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताअन्तर्गत बागमती प्रदेशस्तरीय छनोटमा पहिलो स्थान हात पारेका छन्।
 |  शनिबार, चैत १९, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, चैत १९, २०७८

vianetvianet

काठमाडौं- भक्तपुरकी अस्मिता दुवाल र रामेछापकी स्वस्तिका तिरुवाले गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताअन्तर्गत बागमती प्रदेशस्तरीय छनोटमा पहिलो स्थान हात पारेका छन्।

भक्तपुरको सानोठिमीमा शुक्रबार भएको  महिला ५१ केजी तौल समूहको फाइनलमा अस्मिताले रोपिना रञ्जितकारलाई पराजित गरिन्।

यसैगरी महिला ५७ केजी तौल समूहमा स्वस्तिकाले धादिङकी रितिका श्रेष्ठलाई पराजित गर्दै काठमाडौंमा हुने राष्ट्रिय प्रतियोगिताका लागि छनोट भइन्। महिलाकै ६० केजी तौल समूहमा धादिङकी शशिकला राईले रामेछापकी प्रसुना खत्रीलाई पराजित गर्दै पहिलो स्थान हात पारिन्।

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा भएको छनोट प्रतियोगिताको पुरुष ५७ केजीमा रामेछापका करण लोहारले फाइनलमा स्थान बनाए। सेमिफाइनल भिडन्तमा उनले धादिङका सुलभ डंगोललाई पराजित गरे। यही तौल समूहमा काठमाडौंका मार्सल गुरुङले पनि फाइनलमा स्थान बनाए। उनले नुवाकोटका आङपेम्वा शेर्पालाई पराजित गर्दै करणसँगको उपाधि भिडन्त पक्का गरे। पुरुष ७५ केजीमा काठमाडौंका अतुल्य भण्डारीले रसुवाका साहिल राईलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरे।

गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताअन्तर्गत नै प्रदेश १ को छनोट प्रतियोगितामा उदयपुरका नारायण भुजेल र झापाका धमेन्द्र राईले फाइनलमा स्थान बनाएका छन्। शुक्रबार भएको पुरुष ५२ केजी तौल समूहमा सुनसरीका पुनम राई र धमेन्द्रले सुनसरीकै सागर यादवलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरे।

पुरुषकै ५७ केजीमा झापाका भुगल लिम्बू र सिंहवीर लिम्बूले फाइनलमा स्थान बनाए। भुगलले झापाका सुरेन्द्र राई र सिंहवीरले उदयपुरका वसन्त राईलाई पराजित गरे। यसैगरी ६३ केजीमा झापाका टोविन प्रधानले सुनसरीका भुमिक थापा र उदयपुरका रोशन मगरले झापाका सुजन राईलाई पराजित गर्दै अन्तिम दुई स्थान पक्का गरे।

यसैगरी महिलाको ५२ केजीमा सुनसरीकी कृतिका राई र झापाकी सुस्मिता श्रेष्ठले फाइनलमा स्थान बनाए। कृतिकाले उदयपुरकी मुस्कान तुलाधर र सुस्मिताले झापाकी अनिषा कुमाललाई पराजित गरे। महिलाकै ५७ केजीमा झापाकी सुस्मिता राईले झापाकै सुस्मिता लिम्बूलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरिन्।

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा २०७९ वैशाख ६ देखि १० गतेसम्म काठमाडौंको वसन्तपुर डबलीमा हुने प्रतियोगितामा पुरुषतर्फ सात र महिलामा पाँच तौल समूहमा प्रतिस्पर्धा हुनेछ।

प्रतियोगितामा पुरुषतर्फ ४८, ५२, ५७, ६३, ६९, ७५ र ८१ तौल समूहमा प्रतिस्पर्धा हुनेछ। यसैगरी महिलातर्फ ४८, ५४, ५७, ६४, ६९ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीका खेलाडीहरूबीच प्रतिस्पर्धा हुनेछ। राष्ट्रिय प्रतियोगितामा हरेक तौल समूहमा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने खेलाडीले आकर्षक नगद पुरस्कार प्राप्त गर्ने छन् भने उत्कृष्ट महिला र पुरुष खेलाडीले स्कुटर र मोटरसाइकल पाउने छन्।

प्रकाशित: Apr 02, 2022| 07:45 शनिबार, चैत १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।