आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • रसेलको विस्फोटक ब्याटिङमा पञ्जाबविरुद्ध कोलकत्ताको सानदार जित

रसेलको विस्फोटक ब्याटिङमा पञ्जाबविरुद्ध कोलकत्ताको सानदार जित

इन्डियन प्रिमियर लिग (आईपीएल) मा शुक्रबार राति पाञ्जाब किंग्सविरुद्ध कोलकत्ता नाइट राइडर्सले जित निकालेको छ। वांखडे रंगशालामा सम्पन्न खेलमा पञ्जाबविरुद्ध कोलकत्ताले ६ विकेटको जित निकालेको हो।
 |  शनिबार, चैत १९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत १९, २०७८

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) मा शुक्रबार राति पाञ्जाब किंग्सविरुद्ध कोलकत्ता नाइट राइडर्सले जित निकालेको छ। वांखडे रंगशालामा सम्पन्न खेलमा पञ्जाबविरुद्ध कोलकत्ताले ६ विकेटको जित निकालेको हो।

National life

टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले १८ ओभर दुई बलमा सम्पूर्ण विकेट गुमाएर १३७ रन बनाएको थियो। जवाफमा कोलकत्ताले ३३ बल बाँकी रहँदै चार विकेट गुमाएर १३८ रनको लक्ष्य १४१ रन बनाएर पुरा गरेको थियो।

खेलमा आन्द्रे रसेलले विस्फोटक ब्याटिङ गरे। ६ ओभरमा चार विकेट गुमाइसकेको अवस्थामा मैदान पसेका रसेलले ३१ ब्लमा ७० रन प्रहार गरेर कोलकत्तालाई जित दिलाएका हुन्।  उनले साम विलिंग्ससँग ९० रनको साझेदारी गरेका थिए।

पहिलो पारीमा पञ्जाबका भानुका राजापक्षले सर्वाधिक ३१ रन बनाए भने कागिसो रबाडाले २५ रनको योगदान दिए। यसबाहेक अन्य खेलाडीले सम्झनलायका प्रदर्शन गरेनन्। बलिङतर्फ कोलकत्ताका उमेश यादवले चार विकेट  गिरा एभने टिम साउथीले दुई विकेट लिए।

समान १–१ विकेट लिनेमा शिवम् मावी, सुनिल नायर र आन्द्रे रसेल रहे।

Laxmi sunrise bank
kumari

जवाफमा कोलकत्ता आन्द्रे रसेलले सर्वाधिक ७० रनको योगदान दिए। त्यस्तै, श्रेयस अयरले २६ रन बनाउँदा साम विलिंग्सले पनि २४ रन बनाए।

गएरातिको जितसँगै कोलकत्ताले तेस्रो खेलबाट दुई जितसँगै चार अंक जोडेको छ। पञ्जाबको भने दुई खेलबाट दुई अंक मात्र छ।

आईपीएलमा आज दुई खेल हुँदैछन्। आज दिउँसोको खेलमा मुम्बई इन्डियन्सले राजस्थान रोयल्सको सामना गर्नेछ भने गुजरात टाइटन्सले दिल्ली क्यापिटलको सामना गर्नेछ।

प्रकाशित: Apr 02, 2022| 07:35 शनिबार, चैत १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।