शुक्रबार, असार १९, २०८३

तीन टिम छनोट हुन बाँकी रहँदै विश्वकपको ड्र आज हुँदै

आउँदो नोभेम्बर र डिसेम्बरमा कतारमा हुने फिफा विश्वकपको ड्र शुक्रबार हुँदैछ। विश्वकपमा युरोपबाट १३ टिमको सहभागिता रहनेमा १२ टिमको मात्र टुंगो लागेको छ। अब वेल्स, स्कटल्यान्ड र युक्रेनले प्ले अफका खेल खेल्न बाँकी रहेको छ।
 |  शुक्रबार, चैत १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १८, २०७८

काठमाडौं- आउँदो नोभेम्बर र डिसेम्बरमा कतारमा हुने फिफा विश्वकपको ड्र शुक्रबार हुँदैछ। विश्वकपमा युरोपबाट १३ टिमको सहभागिता रहनेमा १२ टिमको मात्र टुंगो लागेको छ। अब वेल्स, स्कटल्यान्ड र युक्रेनले प्ले अफका खेल खेल्न बाँकी रहेको छ।

३२ विश्व कप टोलीहरूमध्ये २९ टिम मात्र अहिलेसम्म विश्वकपमा पुगिसकेका छन्। जसमा जुनमा दुई अन्तरमहादेशीय प्लेअफ खेलहरू पनि निर्धारित भएका छन्।

विश्वकपको लागि  जेर्मेन जेनासले दोहा प्रदर्शनी र सम्मेलन केन्द्रबाट आज ड्रको कार्यक्रम सञ्‍चालन गर्नेछन्। ड्र शुक्रबार राति ९ बजे हुनेछ।

यस्तो छ विभिन्‍न पोटमा रहेका टिम :

पोट १- (वरियता प्राप्त टोली) कतार, ब्राजिल, बेल्जियम, फ्रान्स, अर्जेन्टिना, इङ्गल्याण्ड, स्पेन, पोर्चुगल

पोट २- मेक्सिको, नेदरल्यान्ड्स, डेनमार्क, जर्मनी, उरुग्वे, स्विजरल्याण्ड, संयुक्त राज्य अमेरिका, क्रोएसिया

पोट ३- सेनेगल, इरान, जापान, मोरक्को, सर्बिया, पोल्याण्ड, दक्षिण कोरिया, ट्युनिसिया

पोट ४- क्यामरुन, क्यानडा, इक्वेडर, साउदी अरेबिया, घाना, वेल्स-स्कटल्याण्ड-युक्रेन, कोस्टारिका-न्युजिल्याण्ड, युएई-अष्ट्रेलिया, पेरु

प्रकाशित: Apr 01, 2022| 18:07 शुक्रबार, चैत १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।