बिहीबार, फागुन २१, २०८२

७ देशका ६३ खेलाडी सहभागी बन्‍ने एसिया कप ट्रायथलन शनिबार

नेपाल ट्रायथलन संघको आयोजनामा एशिया ट्रायथलन कप तथा दक्षिण एशिया च्यामिपयनसिप शनिबार पोखराको फेवातालमा हुने भएको छ। त्यसका लागि सम्पूर्ण तयारी भएको संघले जनाएको छ।
 |  शुक्रबार, चैत १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १८, २०७८

काठमाडौं- नेपाल ट्रायथलन संघको आयोजनामा एशिया ट्रायथलन कप तथा दक्षिण एशिया च्यामिपयनसिप शनिबार पोखराको फेवातालमा हुने भएको छ। त्यसका लागि सम्पूर्ण तयारी भएको संघले जनाएको छ।

प्रतियोगितामा जापान, अष्ट्रिया, पोल्याण्ड, काजाकिस्तान, भारत, बंगलादेश र नेपाल गरि ७ राष्ट्रका पुरुष तर्फ ४० र महिला तर्फ २३ गरि ६३ खेलाडीहरुले सहभागिता जनाउने छन्। 

प्रतियोगिता पोखराको बसुधरा पार्कस्थित फेवा लेकमा सञ्‍चालन हुने आयोजकले बताएको छ। प्रतियोगिता ७५० मिटर पौडी, २० साइक्लिङ र ५ किमि दौडको दूरीमा खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन्। अघिल्लो संस्करणमा उक्त दूरी जापानका माकोतो ओदाकुराले सबैभन्दा छिटो ५४ मिनट ५७ सेकेन्डमा पार गरेका थिए। यस्तै महिला तर्फ भारतकी प्रग्न्या मोहनले १ घन्टा ९ मिनट २३ सेकेन्डमा पुरा गर्दै च्याम्पियन भएकी थिइन्।

धेरै अघिदेखि अस्तित्वमा रहेको ट्राईयाथलन संघ निस्क्रिय रुपमा रहेको थियो। नेपालमा ट्रायथलनको इतिहासलाई हेर्ने हो भने १९८४ मा पोखरामा बिदेशीहरुले रमाईलोका लागि प्रतियोगिता गरेको देखिन्छ।

त्यस यता निस्कृय रहेको खेललाई २०११ मा संघको पुनर्गठनपश्चात् छोटो समयमा नै यसले फड्को मार्न सफल भएको छ। संघको पुनर्गठन पश्चात् अन्तराष्ट्रिय स्तरमा पदक प्राप्त गर्नुका साथै नेपालले दक्षिण एशियाली च्याम्पियनसिपको निरन्तर आयोजना गर्दै आइरहेको छ।

kumari

नेपालमा ट्राईयाथलनको अवस्थाबारे जानकार अन्तर्राष्ट्रिय ट्रायथलन युनियन हाल विश्व ट्रायथलनले सकारात्मक नेपालले गरेको सकारात्मक परिणामलाई मध्यनजर गर्दै एयिशन कपको जिम्मेवारी प्रदान गरेको हो।

यसअघि संघले २०७६ वैशाखमा पहिलो संस्करणको एसियन कप सफलतापूर्वक सम्पन्‍न गरिसकेको छ। यस्ता प्रकारका प्रतियोगिता तथा च्याम्पियनसिपले खेलकुदको विकास मात्र नभइ पर्यटनलाई पनि सँगसँग अगाडी बढाउन मद्धत पुग्‍ने आयोजकको दाबी छ।

प्रकाशित: Apr 01, 2022| 17:21 शुक्रबार, चैत १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।