आइतबार, मंसिर ७, २०८२

२७ सय मिटरको उचाईमा 'ट्राई एडभेन्चर' प्रतियोगिता गर्दै सेना

नेपाली सेना, सैनिक शारीरिक तालिम तथा खेलकूद केन्द्रले शुक्रबार पत्रकार सम्मेल गरी कार्यक्रमबारे जानकारी दिएको हो।
 |  शुक्रबार, चैत १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १८, २०७८

काठमाडौं- आगामी जेठ ८ गते ‘प्रधानसेनापति प्रथम अन्तर्राष्ट्रिय हाई अल्टिच्यूट ट्राइ एड्भेञ्चर कम्पिटिसन’ मुस्ताङको जोमसोममा हुने भएको छ। नेपाली सेना, सैनिक शारीरिक तालिम तथा खेलकूद केन्द्रले शुक्रबार पत्रकार सम्मेल गरी कार्यक्रमबारे जानकारी दिएको हो। 

National life

‘कार्यक्रमले नेपाली खेलाडीको साहसिक खेलमा क्षमता अभिवृद्धिमा सहयोग पुर्‍याउने विश्वास लिएका छौं,’ कार्यक्रमबारे जानकारी दिँदै महासेनानी मुनाल बस्नेतले भने।

नेपालमा सहासिक खेलकूदका माध्यमबाट पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउन प्रतियोगिता आयोजना गरिएको आयोजकको दाबी छ। 

सेनाले यसअघि दुई संस्करणको प्रतियोगिता सम्पन्न गरिसकेको छ। विसं २०७४ मा पहिलो र २० ७५ मा दोस्रो संस्करण सम्पन्न भएको थियो।

अन्तर्राष्ट्रिय प्रतियोगीकारुपमा भारत, पाकिस्तान, श्रीलङ्का, बेलायत,  बङ्गलादेश, अमेरिका, माल्दिभ्स, दक्षिण कोरिया, चीन र इजरायलका सैनिक टोलीले भाग लिने सेनानी राजीव चन्दले जानकारी दिए। 

Laxmi sunrise bank
kumari

प्रतियोगितमा पुरुषतर्फ प्रथम, द्वितीय र तृतीय हुने टोली क्रमशः तीन लाख, दुई लाख र एक लाख रुपैयाँ नगद पुरस्कार पाउने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएको हो। महिलातर्फ पहिलो, दोस्रो र तेस्रो हुने टिमले चाहिँ क्रमशः रु एक लाख, ७५ हजार र ५० हजार नगद र प्रमाणपत्र प्राप्त गर्ने छन्।

प्रतियोगितामा भाग लिन चाहने टिमका लागि यही चैत १९ र २० गते दर्ताका लागि समय तोकिएको छ,’ आयोजकले जारी गरेको प्रेस विज्ञप्तिामा लेखिएको छ, ‘एड्भेञ्चर स्पोर्टस् उच्चस्तरको जोखिम समावेश खेल हो। नेपाली सेनाले एड्भेञ्चर स्पोर्टस् अन्तर्गत वार्षिक दुई अन्तर्राष्ट्रियस्तरको एड्भेञ्चर दौड आयोजना  गर्दैआएको छ।’

प्रकाशित: Apr 01, 2022| 16:59 शुक्रबार, चैत १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।