बिहीबार, फागुन २१, २०८२

मलेसियाविरुद्ध पीएनजी ८ विकेटले विजयी

कीर्तिपुर मैदानमा जारी त्रिदेशीय टी–२० सिरिजमा पपुवा न्युगिनी (पीएनजी)ले मलेसियालाई ८ विकेटले हराएको छ।
 |  शुक्रबार, चैत १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १८, २०७८

काठमाडौं- कीर्तिपुर मैदानमा जारी त्रिदेशीय टी–२० सिरिजमा पपुवा न्युगिनी (पीएनजी)ले मलेसियालाई ८ विकेटले हराएको छ। १९७ रनको लक्ष्य पाएको पपुवा न्युगिनीले मलेसियाविरुद्ध १९९ रन बनाउँदै ८ विकेटको जित निकालेको हो। 

टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले पूरा ओभर खेल्दै ६ विकेट गुमाएर १९६ रन बनाउँदै १९७ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

जवाफमा पीएनजीले दुई मात्र विकेटको क्षतिमा त्यो लक्ष्य पूरा गरेको हो। पीएनजीका टोनी उराले अविजित ८६ रन बनाए भने कप्तान आसाद भालाले पनि अविजित ७४ रन बनाए। उनीहरुले अविजित रहँदै १३७ रनको साझेदारी गरेका हुन्।

ओपनर लेगा सियाका गोल्डेन डगआउट भए भने चार्ल्स अमिनीले २८ रन बनाए। बलिङतर्फ मलेसियाका स्यजरुल एदरुस र मुहम्मद वाफिकले समान १–१ विकेट लिए। 

पहिलो पारीमा मलेसियाका लागि कप्तान अहमद फैजले ६३ रन बनाए भने सियद अजिजले सर्वाधिक ६४ रन बनाए। त्यस्तै, जुबाइदी जुल्किफलीले २२ बलमा ४६ रनको योगदान गरे। 

kumari

पीएनजीविरुद्ध आक्रामक देखिएको मलेसियाका अजिजले ३५ बलमा ८ चौका र ३ छक्का प्रहार गरेका थिए।

पीएनजीका सबै खेलाडीले धेरै रन खर्चिएका थिए। सबैभन्दा धेरै रन खर्चिनेमा कप्तान आशाद भाला नै रहे। बलर काबुवा मोरियाले भने तीन ओभर बलिङ गर्दै चार विकेट गिराए। चाड सुपर र रिलेय हेकुरेले पनि समान १–१ विकेट लिए।

यो जितसँगै पीएनजीले फाइनल पुग्ने आफ्नो सम्भावना कायम नै राखेको छ। अहिलेसम्म मलेसिया र पीएनजीले समान १–१ जित निकालेका छन्। दुवै टिमको समान २-२ अंक छ।  तीन जितसँगै ६ अंक बनाएको नेपाल फाइनलमा पुगिसकेको छ।


प्रकाशित: Apr 01, 2022| 16:29 शुक्रबार, चैत १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।