आइतबार, मंसिर ७, २०८२

मलेसियाले पीएनजीलाई दियो १९७ रनको लक्ष्य

टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले पुरा ओभर खेल्दै छ विकेट गुमाएर १९६ रन बनाउँदै १९७ रनको लक्ष्य प्रस्तुत गरेको हो।
 |  शुक्रबार, चैत १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १८, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- कीर्तिपुर मैदानमा जारी त्रिदेशीय टी २० सिरिजमा मलेसियाले पपुवा न्युगिनीलाई १९७ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले पुरा ओभर खेल्दै छ विकेट गुमाएर १९६ रन बनाउँदै १९७ रनको लक्ष्य प्रस्तुत गरेको हो।

मलेसियाका लागि कप्तान अहमद फैजले ६३ रन बनाए भने सियद अजिजले सर्वाधिक ६४ रन बनाए। त्यस्तै, जुबाइदी जुल्किफलीले २२ बलमा ४६ रनको योगदान दिए।

पीएनजीविरुद्ध आक्रामक देखिएको मलेसियाका अजिजले ३५ बलमा आठ चौका र तीन छक्का प्रहार गरेका थिए। यता पीएनजीका सबै खेलाडीले धेरै रन खर्चिए। सबैभन्दा धेरै रन खर्चिनेमा कप्तान आशाद भाला नै रहे। यता बलर काबुवा मोरियाले भने तीन ओभर बलिङ गर्दै चार विकेट गिराए। चाड सुपर र रिलेय हेकुरेले पनि समान १-१ विकेट लिए।

प्रकाशित: Apr 01, 2022| 14:21 शुक्रबार, चैत १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।