आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • सुदूरपश्चिम स्पोर्टस अवार्ड : वर्ष पुरुष र महिला खेलाडीलाई ३५ हजार

सुदूरपश्चिम स्पोर्टस अवार्ड : वर्ष पुरुष र महिला खेलाडीलाई ३५ हजार

कैलालीको वनदेवी युवा क्लबले महिला वर्ष खेलाडीको प्रायोजन गरेको छ भने वर्ष पुरुष खेलाडीको प्रयोजन काठमाडौंको मासह्युम रिर्सोसले गरेको छ।
 |  शुक्रबार, चैत १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १८, २०७८

धनगढी- ‘तेस्रो सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८’ मा वर्ष पुरुष र महिला खेलाडीले समान ३५-३५ हजार पाउने भएका छन्। आयोजक सुदूरपश्चिम खेलकुद पत्रकार मञ्चले महिला र पुरुष वर्ष खेलाडीको प्रयोजकसँग सम्झौता पनि गसिकेको जानकारी दिएको छ।

National life

कैलालीको वनदेवी युवा क्लबले महिला वर्ष खेलाडीको प्रायोजन गरेको छ भने वर्ष पुरुष खेलाडीको प्रयोजन काठमाडौंको मासह्युम रिर्सोसले गरेको छ। 

नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा हुने अवार्डमा अघिल्लो संस्करण पनि क्लबले विधा प्रायोजन गरेर साथ दिएको थियो। 

विभिन्न प्रतियोगिताहरुको आयोजना गर्दै आएको वनदेवी युवा क्लब महिला गोल्डकपको तयारीमा रहेको छ। कैलालीको धनगढीमा सर्वाधिक धनराशीको प्रथम मुख्यमन्त्री विवाईसी महिला गोल्डकपको तयारीमा क्लब जुटेको छ। वैशाख ३ गतेदेखि १० गतेसम्म धनगढी रंगशालामा प्रथम मुख्यमन्त्री विवाईसी महिला गोल्डकपको आयोजना हुन गईरहेको छ।

‘उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल भएका खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड दिइने आयोजकले बताएको छ। उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने छ। 

Laxmi sunrise bank
kumari

अवार्डमा उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफ टाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५/२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ। यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले बताएको छ।

प्रकाशित: Apr 01, 2022| 11:44 शुक्रबार, चैत १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।