आइतबार, मंसिर ७, २०८२

आईपीएलमा लखनौको पहिलो जित, चेन्नइको लगातार दोस्रो हार

बिहीबार राति इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनौ सुपर जायन्टले पहिलो जित निकालेको छ। बारबोर्न रंगशालामा सम्पन्न खेलमा चेन्नईले पहिलो जित निकालेको हो।
 |  शुक्रबार, चैत १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १८, २०७८

काठमाडौं– बिहीबार राति इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनौ सुपर जायन्टले पहिलो जित निकालेको छ। बारबोर्न रंगशालामा सम्पन्न खेलमा चेन्नईले पहिलो जित निकालेको हो।

National life

टस जितेर बलिङ राजेको लखनौले २११ रनको विशाल लक्ष्य पाएको थियो। जवाफमा तीन बल बाँकी रहँदै चार विकेट गुमाएर लक्ष्य पुरा गरेपछि चेन्नईविरुद्ध लखनौले जित निकाल्यो।

खेलको पहिलो पारीमा चेन्नईका लागि रोविन उथप्पाले ५० रन बनाए भने मोइन अलीले ३५ रन बनाए। शिवम् दुवे चाहिँ अर्धसतक बनाउने भाग्यमानी रहेनन्। ४९ रन बनाएको अवस्थामा उनलाई अवेश खानले आउट गराइदिए। यससँगै सात विकेटको क्षतिमा चेन्नईले २१० रन बनाएको थियो।

त्यतिबेला खनौँका अभेष, एन्ड्रिउ र रावी विश्नोईले समान २–२ विकेट गिराए।

जवाफी ब्याटिङका क्रममा केएल राहुलले ४० रन बनाए भने क्विन्टन डिककले ६१ रनको योगदान दिए। त्यस्तै, इभिन लेविसले ५५ रन बनाएसँगै लखनौले जित निश्चित गरेको हो।

Laxmi sunrise bank
kumari

यता चेन्नईका तुस्हर देशपाण्डेले र ड्वेन ब्राभोले समान १–१ विकेट लिए। त्यस्तै, ड्वाइन पेट्रोरिसले दुई विकेट गिराए।

यो जितसँगै लखनौले २ अंक जोडेले छ। उसले डेब्यु खेलमा अर्को डेब्युटान क्लब गुजरातसँगस हार बेहोरेको थियो। यता चेन्नईले चाहिँ लगातार दोस्रो खेलमा हार बेहोरेको छ।

प्रकाशित: Apr 01, 2022| 08:00 शुक्रबार, चैत १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।