शनिबार, वैशाख ६, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • ५४ विकेट लिएपछि करण भन्छन्- 'रेकर्ड'हरू बन्दै जान्छन्, तोडिँदै जान्छन्

५४ विकेट लिएपछि करण भन्छन्- 'रेकर्ड'हरू बन्दै जान्छन्, तोडिँदै जान्छन्

'अन्तिम बलमा मलाई निकै कौतुहल भएको थियो। एकपटक सोचेँ- तेज फालौँ कि। तर होइन ब्याटरले डफेन्स गरिहाल्ला नि। त्यसपछि सोचेँ 'स्लो' फाल्छु,' उनले खेल सम्झिए, 'त्यसबेला फिल्डिङ प्लान बनिरहेको थियो। अनि स्लो फालौँ भन्ने लाग्यो। आत्तिए पनि गुमाउनु पर्छ अनि क्याच कहाँ जान सक्छ भनेर दिमागमा कुरा खेलिरहेको थियो। एक फिल्डर भित्र लिएर खेलिरहेको थिएँ।’
 |  बिहीबार, चैत १७, २०७८
nespernesper

विनय सापकोटा

विनय सापकोटा

बिहीबार, चैत १७, २०७८

vianetvianet

काठमाडौं-  करण केसीको मैदानी जीवन नियाल्ने हो भने उनी कहिले शून्य बलमै आउट हुन्छन् त कहिले छक्का र चौकाको वर्षा गराउँछन्। अबुधाबीमा टी-२० क्रिकेटका युनिभर्स बोस मानिने क्रिस गेलको विकेट लिँदा पनि करणको चर्चा चुलिएकै थियो।

triton college

बिहीबार कीर्तिपुर मैदानमा पनि उनले आफ्नो जीवनमा कीर्तिमान बनाए। पछिल्लो समय धेरै कीर्तिमान बनिरहेको कीर्तिपुर मैदानमा करणले आफ्नै कीर्तिमान बनाएका हुन्। टी-२० आईमा उनले लिएका विकेटको संख्या ५० पुगेको छ। बिहीबार मात्रै उनले ५ विकेट लिएका हुन्। 

हल्का लजाएको पारामा हाँस्दै बोल्ने स्वभावका करणले क्यानडासँग खेलेको म्याचको अन्तिम ओभरमा चमत्कार नै गरेका थिए। सो खेलपछि नेपाललाई एकदिवसीय मान्यता पाउन ठूलो सहयोग पुगेको थियो। 

यूएईविरुद्ध बलिङमा सानदार प्रदर्शन गरेको उदाहरण पनि ताजै छ। ‘जसरी मैदानमा प्रदर्शन गरिरहेको हुन्छु मेरो अभ्यास पनि त्यै हिसाबले भइरहेको हुन्छ। मैदानमा पस्नेबित्तिकै 'मुड' पनि आइरहेको हुन्छ,’ आफ्नो खेलबारे करण भन्छन्। नेपाली क्रिकेट जगत्मा अहिलेसम्मकै सबैभन्दा ‘बेस्ट बलिङ फिगर’ बनाएका करणले टी २० आईमा पहिलो ह्याट्रिक विकेट लिएका हुन्। 

बिहीबारको खेल हेर्ने हो भने बलरलाई त्यति धेरै दबाब थिएन। नेपाली ब्याटस्म्यानले पाहुना टोली पपुवा न्युगिनीलाई २०४ रनको ठूलो लक्ष्य प्रस्तुत गरिसकेको थियो। खेलको अन्तिम समय 'तिलस्मीमय' भयो।

National life insurance

‘हार्ड हिटर’का रुपमा चिनिएका करण केसीले बिहीबारको खेलअघि नै ३५ खेलबाट ४९ विकेट लिएको सफलता पाइसकेका थिए। बिहीबारको खेलमा एक विकेट लिँदा मात्रै पनि टी २० आईमा ५० विकेटको उचाइ उनले चुम्ने थिए। 

'टिममा सबैले राम्रो गरेको भन्दै प्रशंशा गरेका छन्,’ टी २० आईमा ५४ विकेट पूरा गरेका करण भन्छन्, ‘म चाहिँ आफ्नो बेस्ट गर्ने भनेर सोचिरहेको हुन्छु। लगातार राम्रो भइरहेको पनि छ। धेरै टी-२० नै खेल भइरहेका छन्। घरेलु मैदानमा टी-२० नै धेरै खेलेको छु।’

बिहीबार भएको खेलको पहिलो ओभरको चौथो बलमै उनले पीएनजीका लेगा सिआकालाई आशिफ शेखबाट क्याचआउट गराएर आफ्नो अर्धशतक विकेट पूरा गरेका थिए। तर उनी त्यतिमै रोकिएनन्। अर्का ओपनरलाई पनि पेबेलियन फर्काए। यो काम चाहिँ उनले आफ्नो दोस्रो ओभरमा गरेका हुन्।

पीएनजी कप्तान आसाद भाला एक रन मात्र बनाएर बाउन्ड्रीतर्फ प्रहार गर्ने तरखरमा थिए। करणको बलमा भालाले त्यो गरे पनि तर सोमपालले बललाई नियन्त्रणमा लिँदै करणका लागि अर्को विकेट गिराउने अवसर जुटाइदिए। 

त्यति मात्र होइन उनले अन्तिम ओभरमा त 'जादु' नै गरे। अन्तिम ओभर पुग्दा पीएनजीलाई ३८ रन आवश्यक थियो। कप्तान सन्दीप लामिछानेले त्यो ओभर करणको जिम्मा लगाए।

प्रकाशित: Mar 31, 2022| 21:14 बिहीबार, चैत १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।