बिहीबार, चैत १२, २०८२

एपीएफ राष्ट्रिय महिला फुटबलको उपाधि नजिक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- उपाधिको दावेदार विभागीय टोली एपिएफ क्लब राजधानीमा जारी उपराष्ट्रपति कप महिला राष्ट्रिय लिग फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आइतबार भएको खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई २-० ले पराजित गर्दै लिगको उपाधि नजिक पुगेको हो ।

लिगमा एपिएफको यो लगातार तेस्रो जित हो । अब लगको अन्तिम खेलमा विभागीय त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेलमा जित हात पारे एपिएफ लिग च्याम्पियन बन्नेछ । एपिएफ र आर्मीको समान ९ अंक छ । 

गोल अनतरमा आर्मी दोस्रो स्थानमा छ । एपिएफलाई उपाभि नजिक पुर्‍याउन अनिता केसी र सरु लिम्बुले गोल गरिन् । २३ औं मिनेटमा अनिता केसीको गोलबाट एपिएफले खेलमा अग्रता बनाएको थियो । 

पहिलो हाफमा १-० को अग्रता बनाएको एपिएफले दोस्रो हाफको शुरुमै गोल गर्दै टिमको जित सुनिश्चित गरे । ४७ औं मिनेटमा सरु लिम्बुले गोल गरेकी थिइन् । त्यसपछि थप गोल हुन नसक्दा एपिएफ २-० ले सहजै विजयी भयो । 

यता पुलिसको भने लिगमा यो लगातार तेस्रो हार हो । पुलिसले अब मंगलबार काठमाडौंसँग प्रतिस्पर्धा गर्नेछ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।