बिहीबार, चैत १२, २०८२

नेपालले एमसीसीलाई ९ विकेटले हरायो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
एजेन्सीः त्रिकोणात्मक टी ट्वान्टी खेल खेल्न लन्डनको लर्ड पुगेको नेपाली टोलीले पहिलो सफलता हात पारेको छ । पहिलो खेलमा नेपालले इंग्ल्यान्डको मेरिलेवोन क्रिकेट क्लब (एमसीसी)लाई नौ विकेटले पाराजित गरेको छ । 

टस हारेर पहिले व्याटिङ गरेको एमसीसीले निर्धारित ६ ओभरको खेलमा चार विकेट गुमाउँदै ४० रन बनाएको थियो । ४१ रनको विजय लक्ष्य लिएर मैदान उत्रिएको नेपालले 
४.४ ओभरमा एक विकेट गुमाउँदै निर्धारित लक्ष्य पूरा गरेको थियो । 

नेपालले पहिलो विकेटका रुपमा अनिल शाहलाई गुमाएको थियो । उनले ९ बलमा ९ रन जोड्दै पेभेलियन फर्किए । उनलाई एमसीसीका दौथविटेले आउट गरे । नेपालका लागि ओपनर सुबास खकुरेलले १५ बलमा १६ रनसहित अविजित रहे । उनले दुई चौकाको मद्दतमा १६ रन जोडेका थिए । त्यस्तै उपकप्तान ज्ञानेन्द्र मल्लले चार बलमा १२ रन जोडे । उनले एक चौका र एक छक्का हानेका थिए ।  

पहिले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको नेपालका लागि तीब्रगतिका बलर सोमपाल कामीले दुई ओभरमा आठ रन खर्चदै दुई विकेट लिएका थिए ।  त्यस्तै कप्तान पारस खड्काले दुई ओभरमा १३ रन खर्चदै एक विकेट लिए ।  एमसीसीका जोनथान टोट भने रनआउट भएका थिए । 

वर्षाका कारण टीट्वान्टी खेल ६ ओभरमा झारिएको थियो । 

अबको खेल नेपालले नेदरल्यान्डसँग केहिबेरमा खेल्नेछ । नेदरल्यान्डसँगको खेल २० ओभरकै हुनेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।