सोमबार, वैशाख १४, २०८३

२६ वर्षअघि मस्को छिरेका पुटिन कसरी बने शक्तिशाली?

रुस रहस्यमयी बन्दै जानुमा अमेरिका र उसका सहयोगी राष्ट्रहरुमाथि पनि प्रश्न उठ्ने गरेका छन्। के पश्चिमा राष्ट्रहरुले पुटिनले सुरुवातमा प्रस्तुत गरेको शालीन र नरम व्यक्तित्वका कारण उनलाई गलत आकलन गरे?
 |  बिहीबार, चैत १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १७, २०७८

सन् २००१ मा जर्मनीको संसदलाई सम्बोधन गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भनेका थिए– रुस युरोपेली राष्ट्रको मैत्रीपूर्ण मुलुक हो। यस महादेशमा स्थायी शान्ति रुसको प्रमुख लक्ष्य हो। लोकतान्त्रिक पद्धति र स्वतन्त्रता रुसको नीति हो।’

National life

सोभियत संघको पतनमा बर्लिन पनि कारक थियो। पुटिनको यो अभिव्यक्तिलाई जर्मन सांसदहरुले पुनर्मिलनको सन्देश ठाने। पुटिनको सन्देशलाई सम्मानस्वरुप सांसदहरुले उठेर परर्र ताली पिटे।

त्यस दृश्यको साक्षी थिए नोबर्ट रोटगेन। ‘पुटिनले हामीलाई मन्त्रमुग्ध बनाए। नरम लवजमा उनले गरेको सम्बोधनले हामीलाई आश्वस्त बनायो। स्थायी शान्तिका निम्ति युरोप एजकुट हुनेछ भनेर विश्वस्त बनाए,‘ नोबर्ट भन्छन्।

आज पुटिनकै कारण युरोप एकजुट हुन सकेन। युक्रेनको राष्ट्रवाद मिथक रहेको पुष्टिका निम्ति उनले युद्ध छेडे। यसले ३ लाख ७० हजार युक्रेनीलाई शरणार्थी बनायो। मृत्यु हुनेको संख्या पनि उकालो लागिरहेकै छ। पुटिनको यस कदमको रुसमा समेत विरोध भइरहेको छ। तर आफ्नो कदमको विरोधीहरुप्रति उनी कर्कश सुनिन्छन्। पुटिनको अधिनायकवादी चरित्रविरुद्ध सडकमा उत्रनेहरुलाई उनको आक्षेप छ, ‘पश्चिमाहरुको इशारामा विरोध गरिरहेकाहरु देशद्रोही र गद्दार हुन्।’

युक्रेनमा सांघातीक हमला तीव्र बनाइरहेका पुटिन भन्छन्, ‘पश्चिमा इशारामा चल्न थालेपछि युक्रेनले दुर्भाग्यको सामना गरेको हो।’ ‘सच्चा रुसीहरुले मुखमा परेको झिँगालाई थुकेझैँ युक्रेनीहरुलाई थुक्नेछन्। यसले नै सामाजिक आत्मशुद्धि गराउनेछ,’ पुटिन घृणाको अभिव्यक्ति दिन्छन्। 

kumari
सोभियत संघको पतनमा बर्लिन पनि कारक थियो। पुटिनको यो अभिव्यक्तिलाई जर्मन सांसदहरुले पुनर्मिलनको सन्देश ठाने। पुटिनको सन्देशलाई सम्मानस्वरुप सांसदहरुले उठेर परर्र ताली पिटे।

पुटिन आफ्ना युवालाई फासीवादी राष्ट्रवादको प्रशिक्षण दिन्छन्। यो २२ वर्षमा अमेरिकाले पाँचवटा राष्ट्रपति व्यहोर्‍यो। चीन शक्तिशाली बन्दै उदायो। प्रविधिले फड्को मार्‍यो। इराक र अफगानिस्तानमा गरेको युद्धको औचित्य अमेरिकाले पुष्टि गर्न सकेन। पुटिनको तर्क र उत्तेजना, भनाइ र गराइको भिन्नताका बीच पुटिनको नेतृत्वमा रुस रहस्यमयी बन्दै गएको छ। 

रुस रहस्यमयी बन्दै जानुमा अमेरिका र उसका सहयोगी राष्ट्रहरुमाथि पनि प्रश्न उठ्ने गरेका छन्। के पश्चिमा राष्ट्रहरुले पुटिनले सुरुवातमा प्रस्तुत गरेको शालीन र नरम व्यक्तित्वका कारण उनलाई गलत आकलन गरे?

वा पश्चिमा राष्ट्रहरुकै व्यवहारका कारण उनी यस्तो बन्न पुगे? प्रश्न यो पनि उब्जिएको छ– कतै कोरोनाकालमा रुसलाई एक्लो बनाएपछिको परिणाम त होइन यो?

पुटिन रहस्यमयी सार्वजनिक व्यक्तित्व हुन्। युक्रेनमा पुटिनले छेडेको युद्ध होस् वा अरु विषय, पुटिन पश्चिमाविरुद्ध खरो उत्रिएका छन्। पुटिनविरुद्ध असन्तुष्टि जति चुलिँदो छ, उनी उत्तिकै शक्तिशाली बन्दै गएका छन्। उनको शासकीय महिमा यस्तो भइसक्यो कि पुटिन भनेकै रुस र रुस भनेकै पुटिनको भाष्य निर्माण भइसकेको छ। 

ग्रेटर रसियाको लक्ष्यकै कारण पुटिनसँग पश्चिमाहरु असन्तुष्ट रहेको कोन्डोलिजा राइस बताउँछिन्। पुटिनको पहिलो कार्यकालमा अमेरिकी विदेश सचिवका रुपमा उनीसँग नियमित संवादमा रहने राइस भन्छिन्, ‘पुटिन सोभियत संघको पतनपछि २० करोड ५० लाख जनसंख्या सोभियत साम्राज्यबाट बाहिर रहनु नै २० औँ शताब्दीको ठूलो प्रकोप ठान्छन्,’ उनले भनिन्। 

रुस रहस्यमयी बन्दै जानुमा अमेरिका र उसका सहयोगी राष्ट्रहरुमाथि पनि प्रश्न उठ्ने गरेका छन्। के पश्चिमा राष्ट्रहरुले पुटिनले सुरुवातमा प्रस्तुत गरेको शालीन र नरम व्यक्तित्वका कारण उनलाई गलत आकलन गरे?

सोभियत संघको पतनले व्याकुल नबनेका हुन्थे भने पुटिनका अन्य प्राथामिकता हुने थिए। आखिर पुटिन रुसको राष्ट्रसेवक थिए। सन् १९९० मा रुसमा बोरिस यल्तसिन पहिलोपटक राष्ट्रपतिमा निर्वाचित भएका थिए। उनको कार्यकालमा रुसमा गडबडी सुरु भयो। रुसमा सुरु भएको आन्दोलनलाई रोक्न उनले संसदबाट संकटकालको प्रस्ताव पारित गराए। उनको यो निर्णयका कारण रुसमा १ सय ४७ जनाको ज्यान गयो। रुस आर्थिक संकटमा यसरी फस्यो कि उद्योगधन्दा धनाढ्यहरुको कब्जामा गयो। गरिबी यति बढ्यो पश्चिमाहरुले मानवीय सहायता पठाउनुपर्‍यो। यो स्थितिलाई पुटिन तबाही मान्छन्। पश्चिमाहरुले मानवीय सहायता पठाउनुपर्ने स्थिति पुटिनका निम्ति रुसको सबैभन्दा ठूलो अपमान हो। 

‘रुसमा जे भयो पुटिनले त्यस घटनालाई घृणा गरे। अझ पश्चिमाहरुको सहयोगलाई त झनै घृणा गरे,’ १२ वर्ष जर्मन चान्सलर एंगेला मर्केलको कूटनीतिक सल्लाहकार रहेका क्रिष्टोफ ह्युगसन भन्छन्।

सन् २००० को राष्ट्रपतीय निर्वाचन अभियानको घोषणापत्रमा पुटिनले उल्लेख गरेका थिए– ‘राज्यबाट बजारलाई शक्ति हस्तान्तरण गर्ने पश्चिमा षड्यन्त्रलाई उल्टाइनेछ।  समग्र परिवर्तन सुनिश्चित गर्ने स्रोत नै राज्य हो। राज्यलाई बलियो बनाउन सबैले लड्नुपर्छ।’

पुटिनले स्टालिनकालीन राष्ट्रगान व्युँत्याए तर उनी मार्क्सवादी होइनन्। सन् १९८५ देखि १९९० सम्म रुसको जासुसी संयन्त्र केजीबीमा काम गर्दा उनले रुस र पूर्वी जर्मनीमा केन्द्रिकृत अर्थतन्त्रको विपत्ति देखिसकेका छन्। रुसका राष्ट्रपतिले  झागिँदो पुँजीवाद, अराजक पुँजीवाद र कुलीन वर्गसँग काम पनि गरेका छन्। पुटिनका रणनीतिक साझेदारहरु भन्छन्, ‘कम्युनिस्ट सिद्धान्तमा निष्ठा नदेखाएमा शासक हटाइनुपर्छ। यो नै सार्वभौम प्रजातन्त्र हो।’

१८ औँ शताब्दीमा पिटर द ग्रेटले सेन्ट पिर्टसवर्ग शहर बनाएका थिए। त्यसलाई युरोपको झ्याल पनि भनिन्छ। सन् १९९१ मा सेन्ट पिटर्सवर्गका मेयर सोबाकका वैदेशिक मामिला सल्लाहकार थिए पुटिन। राजनीतिक करियरको सुरुवाती चरणमा उनी रुसमा वैदेशिक लगानी आकर्षित गर्ने काम गर्थे। त्यसबेला पुटिन पश्चिमाहरुप्रति उदार नै थिए। 

सन् २००० मा राष्ट्रपति बनेपछि आफ्ना अमेरिकी समकक्षी विल क्लिन्टनलाई उनले रुस नाटोको सदस्य बन्ने सम्भावना रहेको बताए। सन् १९९४ मा युरोपियन युनियनसँग रुसले आर्थिक, सास्कृतिक र राजनीतिक क्षेत्रमा सहकार्य गर्ने सम्झौतामा हस्ताक्षर गरेको थियो। पुटिनले यसलाई निरन्तरता दिए। सन् २००२ मै नेटो रुस परिषद्को स्थापना पनि भयो। त्यसपछि आधुनिक पिटर्सवर्गका मानिसहरुले पुरातन सोभियतकालीन मानिसहरुसँग वैचारिक संघर्ष गर्नुपर्ने भयो। 

यी दुई विचारधारका मानिसबीच सन्तुलन ल्याउने अभिभारा पुटिनमा आइपर्‍यो। पुटिनले अमेरिकी चलचित्र निर्देशक ओलिभर स्टोनसँग ‘द पुटिन इन्टरभ्युजमा भनेका छन्, ‘आफ्नो नियन्त्रण कहिले पनि गुमाउनु हुँदैन।’

पुटिनले स्टालिनकालीन राष्ट्रगान व्युँत्याए तर उनी मार्क्सवादी होइनन्। सन् १९८५ देखि १९९० सम्म रुसको जासुसी संयन्त्र केजीबीमा काम गर्दा उनले रुस र पूर्वी जर्मनीमा केन्द्रिकृत अर्थतन्त्रको विपत्ति देखिसकेका छन्।

पुटिनले एकताका आत्मप्रशंसा गर्दै भनेका छन्, ‘म मानवीय सम्बन्धको विज्ञ हुँ।’ पुटिनले केबल जर्मन सांसदहरुलाई मात्रै मख्ख बनाएनन्, अरुलाई पनि प्रशन्न बनाएका थिए। तर याद गर्नुपर्ने कुरा के छ भने कठोर र दृढ व्यक्तित्वले पुटिनलाई खतरनाक खुफिया पनि बनाएको थियो। 

पुटिनबारे टिप्पणी गर्दै रुसका लागि फ्रान्सेली पूर्व राजदूत सिल्भी बर्मेन भन्छन्, ‘ पुटिन केजीबीबाट दीक्षित छन्। ढाँट्नु उनको पेशा हो र यो उनका लागि पाप होइन। जसरी प्रशिक्षित गरिएको थियो, पुटिन त्यसैगरी प्रतिबिम्बित भइरहेका हुन्।’

सन्  २००१ मा जर्मन संसदमा सम्बोधन गरेको केही महिनाअघि पुटिनले अमेरिकी राष्ट्रपति जर्ज डब्लू बुसको पनि मन जितेका थिए। बुस भन्थे, ‘मैले पुटिनलाई सीधा र भरोसायोग्य मानिसका रुपमा पाएँ।’

सन् १९९६ मा मस्को छिरेका पुटिनलाई रुसी राष्ट्रपति बोरिस यल्तसिनले पनि खुबै विश्वास गर्थे। यल्तसिन भन्थे, ‘पुटिन नै मेरो उत्तराधिकारी हो।’ राजधानी छिरेको तीन वर्षमै पुटिन देशलाई नै शासन गर्न सक्षम भए। 

पुटिनसँग संगतमा रहेका रुसका धनाढ्य मिखाइल खोदरोस्की भन्छन्, ‘पुटिनले आफूलाई सटिक रुपमा उभ्याउँछन्। यदि कसैसँग उनले आफ्नो प्रभाव जमाउन चाहेका छन् भने उनी त्यसमा सफल नै हुन्छन्।’

सन् २००३ मा उनै खोदरोस्की अनियमितताको आरोपमा गिरफ्तारमा परे। त्यसबेला उनले आफ्नो राजनीतिक महत्वाकांक्षा सुनाएका थिए। उनको योजना थियो पुटिनविरोधी गतिविधि चलाउने।

अधिनायकवादी उदय 

मस्को बाहिरको राष्ट्रपति भवन आरामदायी थियो तर आलिसान थिएन। सन् २००३ सम्म यस्तो लाग्थ्यो– पुटिनलाई विलासिताको स्वाद परेकै छैन। त्यस भवनमा सुरक्षाकर्मीहरु मिलान र पेरिसमा आयोजित फेसन शो हेरेर बस्थे। पुटिन   अरुलाई पर्खाउन भने माहिर छन्। भेटघाटका लागि उनले घण्टौँ कुराउने गरेको कूटनीतिज्ञहरुको अनुभव छ। पुटिनलाई लाग्थ्यो, कसैलाई पर्खाएरै भेट दिनु वार्ता गर्नुअघि नै प्रभाव जमाउनु हो। उनलै यस्तै व्यवहार अमेरिकी कूटनीतिज्ञसँग पनि गरेका थिए। अझ रोचक पक्ष त के छ भने जर्मन चान्सलर एंगेला मर्केलसँगको भेटमा पुटिन आफ्‍नो कुकुरलाई साथमै लिएर पुगेका थिए। पुटिनलाई थाहा थियो एंगेला कुकुरदेखि खुबै डराउँछिन्।

यसबारे मर्केलले भनेकी छिन्, ‘पुटिनले कुकुर लिएर बैठकमा आउनुको कारण मैले बुझेकी छु। उनी आफूलाई निडर र मर्द प्रमाणित गर्न चाहन्छन्।’

सन् १९९६ मा मस्को छिरेका पुटिनलाई रुसी राष्ट्रपति बोरिस यल्तसिनले पनि खुबै विश्वास गर्थे। यल्तसिन भन्थे, ‘पुटिन नै मेरो उत्तराधिकारी हो।’ राजधानी छिरेको तीन वर्षमै पुटिन देशलाई नै शासन गर्न सक्षम भए। 

न्युयोर्क टाइम्सका पत्रकारहरुसँगको अन्तर्वार्तामा पुटिन सौहार्द रुपमा प्रस्तुत भए। उनले सटिक रुपमा आफ्ना जवाफ दिएका थिए। पुटिनले पत्रकारसँगको संवादमा  भनेका छन्, ‘रुस दृढताका साथ विकास, प्रजातन्त्र र अर्थ विकासको पक्षमा छ। मानसिकता र संस्कृतिको आधारमा कुरा गर्ने हो भने रुसीहरु पनि युरोपियन हुन्।’

उनले इराकमा अमेरिकी युद्धका बाबजुद पनि बुस प्रशासनसँग सौहार्द र निकट सम्बन्ध रहेको जनाएका थिए। अमेरिकाले इराकमा गरेको आक्रणप्रति पुटिनको प्रतिक्रिया थियो, ‘मानव अधिकार, अभिव्यक्ति स्‍वतन्त्रता र मानवता सबै राष्ट्रका निम्ति आधारभूत रहन्छन्।’ संवादका क्रममा उनले दिएको शिक्षा थियो– कानुनको सम्मान।

यसो भनिरहँदा पुटिनले रुसमा स्वतन्त्र आमसञ्चारप्रति बन्देज लगाइसकेका थिए। चेचेन्यामा बर्बर आक्रमण गरिसकेका थिए। त्यहाँका तत्कालीन राष्ट्रपति अहम्मद खद्रोभ पुटिनका राम्रै मित्र थिए। पुटिन भन्थे, ‘गुप्तचर अधिकारीको पहिलो काम नै शंका हो।’

शंकाको तरिका सोध्दा उनले अमेरिका लक्षित टिप्पणी गरे, ‘रुसमा एउटा भनाइ छ आफ्नो अनुहार नै बांगो छ भने ऐनाको निन्दा गर्नु हुँदैन।’ यो अभिव्यक्ति अरुमा हाबी हुने आशयले व्यक्त भएको थियो। ‘इन्साइड द माइन्ड अफ भ्लादिमिर पुटिन’का लेखक मिचेल एल्चिनोफ भन्छन्, ‘रुसको सोभियतकालीन शाखलाई फर्काउने पुटिनको लक्ष्य थियो। रुसलाई क्षेत्रीय शक्तिभन्दा माथि उठ्न नदिने ओबामाको अभिव्यक्तिलाई पुटिनले इखको रुपमा लिएका  छन्। यसको बदला लिनैपर्ने उनको सोच छ।’

सन् १९५२ मा जन्मिएका पुटिन सोभिय संघको युद्धको अवस्थामा हुर्किए। यो युद्ध उनीहरुका निम्ति देशभक्तिको युद्ध थियो। युद्धमा उनका पिता गम्भीर घाइते भएका थिए। उनका दाजु मरेका थिए। उनका हजुरबुवाले स्टालिनको भान्सेका रुपमा  काम गर्नुपरेको थियो। नाजीवादलाई पररास्त गर्न लालसेनाले निकै बलिदान गरेको थियो। पुटिनका झैँ धेरैका परिवार यसको मारमा  परेका थिए। युद्ध हेरेर हुर्किएका पुटिनले युवा अवस्थामै अनुभव गरिसकेका थिए, कमजोरहरुले नै चोटको सामना गर्नुपर्छ।

सन् १९५२ मा जन्मिएका पुटिन सोभिय संघको युद्धको अवस्थामा हुर्किए। यो युद्ध उनीहरुका निम्ति देशभक्तिको युद्ध थियो। युद्धमा उनका पिता गम्भीर घाइते भएका थिए।

यही छापका कारण पुटिनमा शक्तिको भोक सवार भएको हो। ‘पश्चिमाहरुले बलिदानबारेको सोभियत मिथक, बलिदानी र शाख फर्काउने दृढताको नजरअन्दाज गर्‍यो,’ रुसी हजुरबुवाका नाती एल्चिनोफ भन्छन्, ‘रुसी र पश्चिमाहरुमा निकै फरक  छ। हामी बलिदानकै निम्ति जन्मिएका हौँ। पश्चिमाहरु विलासिलताका निम्ति।’ 

सन् १९४२ मा सोभियत युनियनको भूभाग स्टालिनग्राड कब्जाका निम्ति जर्मनीले आक्रमण गरेको थियो। त्यस युद्धलाई देशभक्त युद्धको रुपमा परिभाषित गर्दै रुसको राजनीतिक मिथक निर्माण गरिएको थियो। राष्ट्रपतीय कालको पहिलो आठ वर्षमा पुटिनले रुसलाई सहजतातर्फ उन्मुख गराउने उपायमा केन्द्रित भए। आर्थिक संकटमा परेको रुसमा पुटिनले वैदेशिक लगानी पनि भित्र्याए। ‘त्यो अवधि रुसका निम्ति खुशीको समय थियो। मुलुकको समृद्धि र स्वतन्त्रताका लागि पनि यो अवधि सुखद् थियो,’ रुसी थिङ्क ट्यांकका सदस्य अलेक्सजेण्डेर गेभ बताउँछन्।

युक्रेनमा युद्ध सुरु हुनासाथ गेभ पनि अन्य उदार रुसीझैँ इस्तानबुल पुगेका थिए। उनी थप्छन्, ‘त्यसबेला धेरै नै भ्रष्टाचार भएको थियो र सम्पत्ति पनि केन्द्रिकृत थियो। सन् १९९० मा स्थिति निकै नाजकु थियो। अहिले त मध्यम स्तरका मानिस टर्की र भियतनाममा छुट्टी मनाउन जानसक्ने भएका छन्।’

पुटिनको चुनौती अर्थतन्त्रको विविधता थियो। उनी भन्थे– कानुनी शासनले अर्थतन्त्रको विविधतामा मद्दत पुर्‍याउँछ। पुटिन स्वयं पनि कानुनका विद्यार्थी थिए। जब शक्तिमा आए, उनले कानुनको अवहेलना गरे। ‘जो प्राकृतिक स्रोत साधनको न्यायोचित बाँडफाँड नगरीकनै बाँच्न सक्छ भने उसले त्यसलाई वितरण गरेर जनतालाई खुशी पार्ने काम किन गरोस्?’ गेभ व्यंग्य गर्छन्। 

फासिवादसम्बन्धी प्रख्यात एक इतिहासकार पुटिनबारे टिप्पणी गर्छन्, ‘कानुनी शासन सहितको अधिनायकवादी शासक होइन, पुटिन अराजक शासक बने र समग्र रुसको संयन्त्र नै आफ्नो अराजक वंशको रक्षामा खटाए।’

रुस अझै पनि विश्वको ठूलो राष्ट्र हो। शक्तिशाली राष्ट्र बन्नका निम्ति आर्थिक पुनरुत्थान सहित धेरै काम गर्नुपर्नेछ।  छिमेकी मुलुकमा आफू हाबी नभएसम्म रुस शक्तिशाली बन्न नसक्ने रुसी मान्यता छ। यही मान्यतालाई आडैमा रहेका राष्ट्रले चुनौती दिए।  

सन् २००३ मा जर्जियामा भएको क्रान्तिले त्यस मुलुकलाई पश्चिमातर्फ ढल्कायो। सन् २००४ मा नेटोले शीतयुद्धपछि आफ्नो प्रभाव विस्तार गर्ने क्रममा इस्टोनिया, लिथुआनिया, लाटभिया, बुल्गेरिया, रोमानिया, स्लोभाकिया र सोल्भेनियासम्म आइपुग्यो। पछिल्लो समय युक्रेनसम्मै पश्चिमा प्रभाव बढ्न थालेपछि पुटिनले पश्चिमासँगको सम्बन्धमा सौहार्दता कम गर्दै टकराव बढाए। रुस शक्तिशाली बन्ने गति  सुस्त छ तर उसको लक्ष्य दृढ छ। ‘रुस शक्तिशाली बन्न नसक्नुमा तपाईंले के गल्ती गरे जस्तो लाग्छ? एंगेल्ला मर्केलको प्रश्नमा पुटिन जवाफ दिन्छन्, ‘तपाईंलाई विश्वास गरेँ।’

जर्मनीका पूर्व विदेशमन्त्री जस फिस्चर पुटिनप्रति टिप्पणी गर्दै भन्‍छन्, ‘पुटिनको त्रास नेटोसँग होइन, प्रजातन्त्रसँग हो। हजारौँ  मानिसहरुले किभमा रुसको साम्राज्‍यवादी विचारधारालाई चुनौती दिएपछि पुटिनले सहनै सकेनन्।’

युक्रेनको पश्चिमा झुकावलाई पुटिनले रुसको सुरक्षासँग मात्रै जोडे। यो विषय पुटिनको अधिनायकवादी शासनको निम्ति पनि  खतरा थियो। पोल्याण्डका पूर्व विदेशमन्त्री रादेक सिकोरस्की भन्छन्, ‘प्रजातान्त्रिक युक्रेन युरोपसँग एकाकार हुनु आफ्ना लागि खतरा हो भने भन्ने पुटिनको बुझाइ सही नै हो। नेटोका कारणले भन्दा पनि यही डरले उनले युद्ध मच्चाएका हुन्।’

फासिवादसम्बन्धी प्रख्यात एक इतिहासकार पुटिनबारे टिप्पणी गर्छन्, ‘कानुनी शासन सहितको अधिनायकवादी शासक होइन, पुटिन अराजक शासक बने र समग्र रुसको संयन्त्र नै आफ्नो अराजक वंशको रक्षामा खटाए।’

पुटिनका कमजोरीलाई घृणा गरेकै कारण आफूहरुप्रति क्रुद्ध बनेको कुरा पश्चिमाहरुले बुझ्न ढिलो गरिरहेका छन्। पश्चिमाहरुले बुझ्न जरुरी छ– रुस उनीहरुलाई तेल र ग्यासको निम्तिमात्रै जरुरी होइन। ट्वीनटावर हमलापछि राष्ट्रपति बुसलाई टेलिफोन गर्ने पहिलो पात्र पुटिन नै थिए। त्यसबेला उनले आतंकवादलाई पररास्त गर्न सहकार्यको प्रस्ताव गरेका थिए। सभ्यताको रक्षाका निम्ति हुने लडाइँमा साथ दिने पुटिनको प्रतिवद्धता थियो। तर पुटिन लोकतान्त्रिक प्रणाली र स्वतन्त्रतालाई बढावा दिने बुसको एजेण्डामा सहमत थिएनन्। 

अमरेकाका लागि मस्कोका पूर्वराजदूत वलियम वर्न्स भन्छन्, ‘भयानक भूगोल र गर्विलो इतिहास बोकेको रुस एकाकार र स्वतन्त्र युरोपमा अटाउँदैन।’ पुटिनले फ्रान्सका तत्कालिन राष्ट्रपति फ्रान्साव होल्याण्डसँग अमेरिकाबारे टिप्पणी गर्दै भनेका थिए, ‘अमेरिकीहरु सन्की हुन्। यिनीहरुले हाम्रो अपमान गरे। हामीलाई दोस्रो दर्जामा राखे।’ अझै अघि बढेर पुटिनले सुनाएका थिए, ‘नेटो रुस र विश्वमा प्रजातान्त्रिक अभ्यास गरिररहेका मुलुकलाई समेत दबाब बनाइएको गठबन्धन हो।’

पुटिन दृढ व्यक्तित्वको मानिस भएको होल्याण्डको बुझाइ छ। ‘पुटिन दृढ संकल्प भएका व्यक्ति हुन्। उनको आवरण आक्रामक देखिन्छ। संवादको शैली विनम्र छ। विनम्रतापूर्वक उनले बेजोडका साथ आफ्ना विषयवस्तु राख्छन्। जोकोही पनि उनको प्रस्तुतिले सोच्न बाध्य हुनेछ।’ 

रुसको असाधारण विरासतमा हुर्किएका पुटिनलाई वर्तमानमा अमेरिकाको असाधारणता स्वीकार्य छैन। सन् २००७ मा म्युनिखमा भएको सुरक्षा सम्मेलनमा पुटिनले भनेका थिए, ‘एकध्रुवीय राज्यको रुपमा अमेरिकाले आफ्ना सबै सीमा पार गरिसकेको छ। शीतयुद्धपछि शक्ति र अधिकारलाई खुम्च्याएर एकध्रुवीय राज्यको अवधारणा अघि बढ्यो। यसको परिणाम हामीसँगै छ। कुनै मुलुक सार्वभौम हुन सकेन, कसैले सुरक्षित महसुस गर्न सकेन। यो निकै हानिकारक छ।’

अमरेकाका लागि मस्कोका पूर्वराजदूत वलियम वर्न्स भन्छन्, ‘भयानक भूगोल र गर्विलो इतिहास बोकेको रुस एकाकार र स्वतन्त्र युरोपमा अटाउँदैन।’

सके रुसले एकध्रुवीय विश्वको नेतृत्व गर्ने नसके विश्वलाई फेरि दुई  धारमा फर्काउने आफ्नो यत्नबारे पुटिनले प्रस्ट्याउँदै थिए। 

पश्चिमालाई यस्तो सन्देश दिएका पुटिन अब ७० वर्षका हुँदैछन्। उनको मनोविज्ञान बेलाबखत स्टालीनकालीन अवस्थामा आइपुग्छ। उनले सार्वजनिक रुपमा पनि भनेका छन्, ‘म अहिले ६९ वर्षको भएँ। २२ वर्षदेखि सोभियत संघको शक्ति फर्काउन संघर्ष गरिरहेको छु। मलाई विश्वास छ– ३० वर्ष पुरानो विरासत म फेरि फर्काउनेछु।’  

युक्रेन नेटोमा आवद्ध हुने भएपछि विरासत फर्काउने आफ्नो कदममा चुनौती थपिएको महसुस गरेर उनले युद्ध रचे। पुटिनको यो कदमको सर्वत्र आलोचना भइरहेको छ। आफ्नो आक्रमणलाई युद्ध होइन भनेर उनले जिद्दि गरिरहेका छन्। सोभियत संघको साख फर्काउने लक्ष्य लिएर पुटिन स्टालीनकालीन अधिनायकवादमा फर्किएका छन्। 

२१ वर्षअघि जर्मनको संसदमा पुटिनको भाषणमा मन्त्रमुग्ध बनेर ताली पिट्ने रोट्गेन भन्छन्, ‘उत्कर्षको यो विन्दुमा आएपछि  पुटिनले राजनीतिक रुपमा जित्न पनि सक्छन् वा भौतिक रुपमा सकिन पनि सक्छन्।’ 

न्युयोर्क टाइम्समा रोगर कोहेनले तयार गरेको सामग्रीको भावानुवाद

प्रकाशित: Mar 31, 2022| 16:00 बिहीबार, चैत १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।