आइतबार, मंसिर ७, २०८२

एसिया कप तेस्रो चरण छनोटका लागि अलमुताइरीले बोलाए २४ खेलाडी

राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले एएफसी एसियन कप २०२३ छनोटको बन्द प्रशिक्षणका लागि २४ खेलाडी बोलाएका छन्।
 |  बिहीबार, चैत १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १७, २०७८

काठमाडौं- राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन्। एएफसी एसियन कप २०२३ छनोटका लागि २४ खेलाडीलाई  मुख्य प्रशिक्षकले बन्द प्रशिक्षणमा बोलाएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जानकारी दिएको छ। 

National life

प्रतियोगिताको समूह ‘ए’ मा नेपाल जोर्डन, कुवेत र इन्डोनेसियासँगै छन्। नेपालले आफ्नो पहिलो खेल जुन ८ मा जोर्डनसँग खेल्नेछ भने जुन ११ मा कुवेतसँग खेल्नेछ भने फाइनल खेल जुन १४ मा इन्डोनेसियासँग हुनेछ। सबै खेल कुवेतमा हुनेछन्।

राष्ट्रिय टोलीको बन्द शिविर १५ अप्रिल २०२२ देखि सुरु हुने एन्फाले जनाएको छ। नेपाल छनोट हुने सके पहिलो पटक एसियन कप खेल्नेछ।

प्रशिक्षणमा बोलाइएका २४ सदस्य
किरणकुमार लिम्बू (जीके), दीप कार्की (जीके), विशाल श्रेष्ठ (जीके), अनन्त तामाङ, अन्जन विष्ट, अरिक विष्ट, आयुष घलान, विकास खवास, विमल घर्ती मगर, दर्शन गुरुङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, मनिष डाँगी, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज जेउ ठकुरी, तेज तामाङ ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 31, 2022| 15:01 बिहीबार, चैत १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।