एजेन्सीः त्रिकोणात्मक एक दिवसीय टी ट्वान्टी खेल खेल्न गएको नेपाललाई मेरिलेवोन क्रिकेट क्लब एमसीसीले ४१ रनको चुनौती प्रस्तुत गरेको छ ।
वर्षाका कारण ६ ओभरमा झारिएको खेलमा एमसीसीले निर्धारित ओभर खेल्दै चार विकेटको क्षतिमा ४० रन बनाएको थियो ।
अब केहीमा नेपाले जवाफी व्याटिङ गर्नेछ् ।
पहिले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको नेपालका लागि तीब्रगतिका बलर सोमपाल कामीले दुई ओभरमा आठ रन खर्चदै दुई विकेट लिएका थिए । त्यस्तै कप्तान पारस खड्काले दुई ओभरमा १३ रन खर्चदै एक विकेट लिए ।
एमसीसीका जोनथान टोट भने रनआउट भएका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४