बिहीबार, फागुन २१, २०८२

टी-२० आइमा नेपाली राष्ट्रिय क्रिकेट टिमको अर्धसतक

कीर्तिपुरको टियू क्रिकेट मैदानमा नेपाली सिनियर क्रिकेट टिमले पपुवा न्युगिनीसँग खेल खेल्दैछ। नेपालको क्रिकेट इतिहासमा यो खेल धेरै महत्त्वपूर्ण छ।
 |  बिहीबार, चैत १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १७, २०७८

काठमाडौं- कीर्तिपुरको टियू क्रिकेट मैदानमा नेपाली सिनियर क्रिकेट टिमले पपुवा न्युगिनीसँग खेल खेल्दैछ। नेपालको क्रिकेट इतिहासमा यो खेल धेरै महत्त्वपूर्ण छ।

त्यो किनभने सन् २०१८ मा टी २० आइको मान्यता पाएपछि नेपालले आज ५०औं खेल खेल्दैछ। त्यसैले नेपाली टिमले आज खेलमा अर्धसतक पुरा गरेको छ।

आजको खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ।

अर्धसतका बनाउँदै गर्दा नेपाली टिमका कप्तान सन्दीप लामिछाने छन्। त्यस्तै, अहिलेसम्म सन्दीप लामिछानेले पनि नेपाली राष्ट्रिय क्रिकेट टिमबाट ३६ खेलमा सहभागिता गरिसकेका छन्। आज सन्दीपले ३७औं खेल खेल्दैछन्।

उनीभन्दा धेरै खेलमा सहभागी हुने चाहिँ ज्ञानेन्द्र हुन्। नेपालबाट सर्वाधिक धेरै टी २० आई खेल्ने खेलाडी पूर्वकप्तान ज्ञानेन्द्र मल्ल हुन्। उनले अहिलेसम्म ४० टी २० क्रिकेटमा सहभागिता जनाइसकेका छन्।

kumari

त्यस्तै, नेपाली सिनियर टिमबाट आज दीपेन्द्र सिंह ऐरीले पनि आज ३७औं टी २० आई खेल्दैछन्।

नेपालले टी २० आइको मान्यता पाउँदाका कप्तान चाहिँ पारस खड्का नै हुन्। उनले गतवर्षनै संन्यास लिइसकेका छन्। उनले चाहिँ नेपाली राष्ट्रिय टिमबाट ३३ टी २० आई खेलेर संन्यास लिए।

५०औं खेलमा नेपालको प्लेइङ ११

सन्दीप लामिछाने, मोहम्मद आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, मोहम्मद आशिफ शेख, करण केसी, अभिनाष बोहरा, दिलीप नाथ, रोहित कुमार पौडेल

प्रकाशित: Mar 31, 2022| 12:16 बिहीबार, चैत १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।