काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा चार जना मन्त्री सहभागी हुने भएका छन्।
आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत गर्दै टोलीमा जाने मन्त्रीहरुको पनि टुंगो लगाएको हो। भ्रमणमा परराष्ट्रमन्त्री नारायण खड्का, ऊर्जामन्त्री पम्फा भुसाल, स्वास्थ्यमन्त्री विरोध खतिवडा र कृषिमन्त्री महिन्द्र राय यादव रहनेछन्।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा भोलि शुक्रबार भारत प्रस्थान गर्दैछन्। शनिबार उनले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ। आइतबार बनारस पुगेर नेपाली टोली सोही दिन स्वदेश फर्किनेछ।