आइतबार, मंसिर ७, २०८२

आईपीएलमा कोलकत्तालाई बैंगलोरले हरायो

पटालीमा सम्पन्न खेलमा बैंगलोरले कोलकत्तामाथि तीन विकेटको जित निकालेको हो।
 |  बिहीबार, चैत १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १७, २०७८

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकत्ता नाइट राइडर्सलाई रोयल च्यालेन्सर्ज बैंगलोरले बुधबार राति हराएको छ। पटालीमा सम्पन्न खेलमा बैंगलोरले कोलकत्तामाथि तीन विकेटको जित निकालेको हो।

National life

पहिले ब्याटिङ गरेको कोलकत्ताले सात बल बाँकी रहँदै सम्पूर्ण विकेट गुमाएर १२८ रन बनाएको थियो। १२९ रनको लक्ष्य पछ्याएको बैंगलोरले चार बल बाँकी रहँदै १३२ रन बनाएर खेल जितेको हो। लक्ष्य पछ्याउने क्रममा बैंगालेरले सात विकेट गुमाएको थियो।

बैंगालेलाई जिताउन शेर्फानी रुथरफर्डले २८ र सहबाज अहमद ले २७ रनको योगदान दिए। बलिङतर्फ कोलकत्ताका टिम साउथीले तीन विकेट गिरा एभने उमेश यादवले दुई विकेट लिए। त्यस्तै, सुनिल नायर  र वरुण चक्रवर्तिले पनि समान १-१ विकेट गिराए।

त्यसअघि कोलकत्ताका आन्द्रे रसेलले सर्वाधिक २५ रन बनाएका थिए। त्यसबाहेक कुनै खेलाडीले सम्झनलायक प्रदर्शन गरेनन्। बलिङमा भने वानिन्दु हसरंगा, अकाश दीप, हर्षल पटेल र मोहम्मद सिरजले क्रमशः ४, ३, २ र १ विकेट गिराएका थिए।

प्रकाशित: Mar 31, 2022| 08:55 बिहीबार, चैत १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।