आइतबार, असार २९, २०८२

पारसको रेकर्ड तोड्ने दीपेन्द्र

दीपेन्द्रले बुधबार कीर्तिपुर मैदानमा मलेसियाविरुद्ध १७ बलमा २१ रन प्रहार गरे। पछिल्लो समय खेलमा धेरै आरोहअवरोहबाट गुज्रिरहेका दीपेन्द्रको यो २१ रनले नेपाली खेलाडीको अन्तर्राष्ट्रिय कीर्तिमान बनाएको छ।
 |  बिहीबार, चैत १७, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १७, २०७८

vianetvianet

काठमाडौं- दीपेन्द्रसिंह ऐरीले बुधबार कीर्तिपुर मैदानमा मलेसियाविरुद्ध १७ बलमा २१ रन प्रहार गरे। पछिल्लो समय खेलमा धेरै आरोहअवरोहबाट गुज्रिरहेका दीपेन्द्रको यो २१ रनले नेपाली खेलाडीको अन्तर्राष्ट्रिय कीर्तिमान बनाएको छ।

अब उनी टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने नेपाली खेलाडी बनेका छन्। यसअघि यो कीर्तिमान पूर्वकप्तान पारस खड्काको नाममा थियो। खड्काले ३३ इनिङमा ७९९ रन बनाएका थिए।

यता बुधबारको खेलमा २१ रन बनाएका दीपेन्द्रले ८०३ रन पुरा गरेका छन्। कुनै पनि नेपाली खेलाडीले बनाएको यो सर्वाधिक रनसमेत हो। तर, दीपेन्द्रले यो ३६ खेलको ३३ इनिङमा पुरा गर्दै कीर्तिमान कायम गरेका हुन्। संयोग नै होला उनले टी २० मा पनि अहिलेसम्म ८०३ रन बनाएका छन्।

त्यसो त दीपेन्द्रले नेपाली राष्ट्रिय टिममा बलिङमा पनि सहयोग गरिरहेका छन्। कप्तान सन्दीपको लागि दीपेन्द्र टिममा हुनु धेरै खुसीको कुरा हो। ‘दीपेन्द्र नेपाली टिमको मुख्य ‘कन्ट्रिब्युटर’ हो। उनले यू १९ टिमदेखि नै टिमलाई बलिङ र ब्याटिङमा सहयोग गरिरहेका छन्,’ दुई दिनअघि नेपाली टिमका कप्तान सन्दीपले भनेका थिए।

उनले अलराउन्ड प्रदर्शन गरे पनि उनको खासियत भनेको ब्याटिङ हो। उनलाई बलिङ गर्न दिइरहँदा र उनको ब्याटिङमा असर त गरिरहेको छैन? केहीले काहीँ समर्थकको मनमा यो प्रश्न उठ्न सक्छ।

त्यो किनभने, केही खेलअघि उनको ब्याटिङको लय खस्किएको देखिएको थियो। उनले यूएईको यात्रामा निकै खराब ब्याटिङ गरेर पपुवा न्युगिनीविरुद्धको एक खेलमा आठ रन बनाए भने अर्को खेलमा शून्य रनमै आउट भए। यूएईविरुद्धको उनको खेल पनि उस्तै रह्यो। यूएईविरुद्ध दुबई अन्तर्राष्ट्रिय रंगशालाको एक खेलमा चार रनमा आउट भए भने अर्को खेलमा शून्य रनमै आउट भए।

टी–२० आईमा नेदरल्यान्ड्सविरुद्ध डेब्यु गरेका दीपेन्द्र नेपाली टिमका नियमित सदस्य नै हुन्। त्यसयता उनले ३६ खेल खेलिसकेका छन्। ३६ खेलमा उनले ३१ इनिङमा ब्याटिङको अवसर पाएका छन्।

तर, ती सबै खेल एकदिवसीयका थिए। यद्यपि आशा गरिएका ब्याटरबाट खराब प्रदर्शन आउँदा बलिङको दबाबले पनि समस्या गरिरहेको हो कि शंका गर्ने ठाउँ थिए। तर, त्यस्तो नभएको कप्तान सन्दीपको बुझाइ छ। ‘यदि उसलाई समस्या भए मलाई भन्नुपर्ने हो। तर, दीपेन्द्रले यू १९ बाटै टिममा बलिङमा पनि सहयोग गरिरहेका छन्। उनले सहयोगले टिमलाई धेरै फाइदा पनि भएको छ,’ सन्दीपले दीपेन्द्रबारे भनेका छन्।

दुबईमा नेपालले खराब ब्याटिङ गरेपछि नेपाली प्रशिक्षक पुबुदु दाशानायकेले पनि खेलाडीसँग सतकबारे कुरा गरेका थिए। नेपाली खेलाडीलाई एक्सपोजरका निमित्त अहिले टियू क्रिकेट मैदानमा नेपाल क्रिकेट संघ क्यानले दुई खेलका सिरिज पनि आयोजना गरेको छ।

त्यो सिरिजअन्तर्गत पहिलो दुई खेल नेपाली खेलाडीले पपुवा न्युगिनीसँग एकदिसीय खेल्यो। पहिलो खेलमा रोहित पौडेलले शतक प्रहार गरे भने दोस्रो खेलमा दीपेन्द्र सिंह ऐरीले सतका बनाए। त्यो खेलमा दीपेन्द्रले देव खनालसँग मिलेर १२९ रनको साझेदारी पनि गरे। एकदीवसीय क्रिकेटमा यो साझेदारी अहिलेसम्मकै धेरै हो।

त्यसैले कीर्तिपुर मैदानमा केही दिन अघि दुई कीर्तिमान बनाएका दीपेन्द्रले आज पनि अर्को रेकर्ड बनाए। 

टी–२० आईमा नेदरल्यान्ड्सविरुद्ध डेब्यु गरेका दीपेन्द्र नेपाली टिमका नियमित सदस्य नै हुन्। त्यसयता उनले ३६ खेल खेलिसकेका छन्। ३६ खेलमा उनले ३१ इनिङमा ब्याटिङको अवसर पाएका छन्। जहाँ उनले अहिलेसम्म सबैभन्दा धेरै ८३ रन बनाएका छन्। उनले यो रन फिलिपिन्सविरुद्ध विश्वकपको ग्लोबल छनोटमामा बनाएका हुन्।

अहिलेसम्म टी २० मा तीन अर्धसत्तक बनाए पनि उनले शतक प्रहार गर्न भने सकेका छैनन्।

सन् २०१७ मा केन्याविरुद्ध लिस्ट एमा डेब्यु गरेका थिए। त्यसपछि उनी २०१६ मा नेपाली यू १९ टिममा थिए। साथै सन् २०१७ मा भएको एसीसी यू १९ एसिया कपको नेपाली टिम पनि उनको कप्तानीमा खेलेको थियो। त्यो खेलमा उनले भारतविरुद्ध ८८ रन बनाएका थिए भने ३९ रन दिएर चार विकेट लिएका थिए।

त्यसको एक वर्षपछि विश्व क्रिकेट लिग डिभिजन २ मा नेपाली सिनियर टिममा परेका थिए। त्यही वर्ष नेपालले पहिलो पटक एकदीवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्दा दीपेन्द्रले बाँकी १० खेलाडीसँग नेपाली टिमबाट डेब्यु गरिसकेका थिए।

उनले एकदीवसीय र टी २० आईको डेब्यू नेदरल्यान्ड्सविरुद्ध नै गरेका थिए। दुई फरक प्रतियोगितामा उनले डेब्यु गरेका थिए।

केही महिना अघि क्यानको कारबाहीमा परेका दीपेन्द्रले ले लगातार उस्तै प्रदर्शन गर्न नसके टिममा ठूलो सहयोग गरिरहेका छन्। त्यसैले उनको ब्याटिङमा मात्र कुरा गर्ने हो भने उनको बलिङ क्षमता छायामा पर्नेछ।

दीपेन्द्रले टी २० का ३६ खेलमध्ये १४ खेलमा बलिङको अवसर पाएका छन्। त्यसमध्ये उनले अहिलेसम्म २१८ बल गरेर १९७ रन मात्र खर्चिएका छन्। औसतमा यो ५ दशमलव ४२ को इकोनामी हो। टी २० मा यो इकोनामी धेरै राम्रो मानिन्छ। उनले अहिलेसम्म ९ विकेट गिराइसकेका छन्। एक दिवसीयका ११ खेलमा बलिङ गरेका उनले अहिलेसम्म सात विकेट गिराइसकेका छन्। ओडीआईमा उनले इकोनामी ३ दशमलव ७६ रहेको छ।

प्रकाशित: Mar 31, 2022| 08:45 बिहीबार, चैत १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।