बुधबार, असार ३१, २०८३

दुई दिने 'ई-प्लानेट नेसनल कप फुटसल' बिहीबारबाट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेसनल कलेजको आयोजनामा दोस्रो ई-प्लानेट अन्तर कलेज फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । आउदो बिहीबार र शुक्रबार बालुवाटारस्थित ढुकु फुटसल हबमा आयोजना हुने प्रतियोगितामा देशभरका ३२ वटा कलेजले सहभागिता जनाउने आयोजकले जनाएको छ । 

मुख्य प्रायोजक एजुकेसन प्लानेट (ई-प्लानेट) प्रालि तथा सह-प्रायोजक नेपाल एसबीआई बैंक रहेको प्रतियोगितामा प्लस टु र ब्याचलर लेभलका विद्यार्थीले सहभागीता जनाउनेछन् । सहभागी टोलीलाई ८ समूहमा विभाजन गरि समूह चरणका खेल राउन्ड रोविनको आधारमा र त्यसपछिका खेल नकआउट हुने आयोजकले जनाएको छ ।

दुईदिने यो प्रतियोगिताको विजेताले टोलीले ३५ हजार नगद सहित कूल ५० हजार रुपैयाँ बराबरको पुरस्कार तथा दोस्रो हुनेले २० हजार नगद सहित कूल ३० हजार रुपैयाँ बराबरको पुरस्कार प्राप्त गर्नेछन् । 

यसका साथै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने एक खेलाडी, उच्च गोलकर्ता तथा उत्कृष्ट गोलकिपरले पनि आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । प्रतियोगीतामा सहभागी हुने टिमले ६ हजार रूपैयाँ रजिस्ट्रेसन शुल्क बुझाउनुपर्ने जानकारी दिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।