बिहीबार, चैत १२, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • नेपालले पहिलो खेल एमसीसीसँग ६ ओभर र दोस्रो खेल नेदरल्याण्ड्ससँग २० ओभरको खेल्ने

नेपालले पहिलो खेल एमसीसीसँग ६ ओभर र दोस्रो खेल नेदरल्याण्ड्ससँग २० ओभरको खेल्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं : आइतबारका लागि तय भएको नेपाल, नेदरल्याण्ड्स र मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) बीचको त्रिकोणात्मक टी-ट्वान्टी श्रृखंला वर्षाका कारण लर्डसमा प्रभावित बनेको छ । 

वर्षाले खेलहरु समयमै सुरु हुन नसक्दा एमसीसीले खेल तालिकामा हेरफेर गरेको छ । अबको खेलतालीका अनुसार एमसीसीले नेदरल्याण्ड्ससँग हुने पहिलो खेल र लगत्तै नेपालसँग खेल्ने खेललाई ६–६ ओभरमा छोट्याएको छ ।
 
तर, टी–२० अन्तराष्ट्रियको मान्यता प्राप्त अन्तिम नेपाल र नेदरल्याण्ड्सबीचको खेल भने पूरै २० ओभरको हुने एमसीसीले जनाएको छ । यसअघि बिहानै देखि परेको वर्षा केहीबेर अघि रोकिएपछि एमसीसीले खेल तालिका हेरफेर गरेको थियो । नयाँ खेल तालिका अनुसार अहिले एमसीसी र नेदरल्याण्ड्सबिचको खेल सुरु भएको छ ।

एमसीसीले टस जितेर पहिले ब्याटिङ् गर्ने निर्णय गरेको छ ।

आईसीसीबाट एकदिवसीय मान्यता पाएपछि नेपालले अन्तर्राष्ट्रिय श्रृंखला खेल्न लागेको यो पहिलोपटक हो । नेपाल र नेदरल्याण्डबीचको यो मैत्रीपूर्ण खेललाई आईसीसीले अन्तर्राष्ट्रिय टी-२० को मान्यता दिएको छ ।


 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।