बिहीबार, फागुन २१, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • पेनाल्टी विवादका कारण ५ मिनेट अवरुद्ध खेलमा आर्मीविरुद्ध पुलिसको जित

पेनाल्टी विवादका कारण ५ मिनेट अवरुद्ध खेलमा आर्मीविरुद्ध पुलिसको जित

राष्ट्रिय महिला लिगअन्तर्गत बुधबारको खेलमा विभागीय डर्बी त्रिभुवन आर्मी क्लबविरुद्ध नेपाल पुलिस क्लबले २–१ गोलको जित निकालेको छ।
 |  बुधबार, चैत १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत १६, २०७८

काठमाडौं- राष्ट्रिय महिला लिगअन्तर्गत बुधबारको खेलमा विभागीय डर्बी त्रिभुवन आर्मी क्लबविरुद्ध नेपाल पुलिस क्लबले २–१ गोलको जित निकालेको छ।

चितवनमा जारी खेलमा पुलिसले आर्मीविरुद्ध संघर्षपूर्ण जित निकाल्दा पुलिसका निरु थापा र निर्मला उपाध्याले गोल गरे। आर्मीका लागि पुनमा जर्घ मगरले एक गोल फर्काइन्।

खेलमा पुलिस दुई गोलले अघि रहेको अवस्थामा, खेलको ७०औं मिनेटमा रेफ्रीले पुलिसका एक खेलाडीले ह्यान्डबल गरेको भन्दै आर्मीलाई पेनाल्टी दिएपछि पुलिसका खेलाडी आक्रोशित बन्दै मैदान छोडेका थिए। यसकारण खेल करिब पाँच मिनेट अवरुद्ध भएको थियो।

‘ह्यान्डबल छैन, हामीलाई यस्तो रेफ्री चाहिँदैन, मलाई थाहा छ हामी सबै बुझ्छौं, रिप्ले देखाइदिनु हामी मान्छौं, हामी खेल्दैनौँ, खेल्दैनौँ,  भर टिकटकमा हेनुैपर्छ के भएको रहेछ भनेर’ भन्दै खेलाडी र अफिसियलले ठूलो स्वरमा मैदानमा कराएका थिए।

यद्यपि आर्मीको पेनाल्टी रद्द भने भएन। त्यसपछि पेनाल्टीको प्रहार गोलकिपर उषा नाथले बचाएकी थिइन्। यससँगै आर्मीले गोल फर्काउने अवसर खेर फालेको थियो।

kumari

यता आजकै अर्को खेलमा भने विराटनगरले चन्द्रपुरसँग १–१ गोलको बारबरी गरेको छ।

प्रकाशित: Mar 30, 2022| 19:18 बुधबार, चैत १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।