आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • सेनेगलका समर्थकले सलाह र इजिप्टको बसमाथि गरे आक्रमण, खेलाडीमाथि विभेद गरेको आरोप

सेनेगलका समर्थकले सलाह र इजिप्टको बसमाथि गरे आक्रमण, खेलाडीमाथि विभेद गरेको आरोप

सोही खेलका दौरान इजिप्टले आफ्नो टिमको अट्याकिङ मिडफिल्डर मोहम्मद सलाहमाथि रंगभेद भएको आरोप लगाएको छ।
 |  बुधबार, चैत १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत १६, २०७८

काठमाडौं– कतार विश्वकपमा पुग्नका लागि मंगलबार राति सेनेगल र इजिप्टले दोस्रो लेगको खेलमा प्रतिस्पर्धा गरेका थिए। पहिलो र दोस्रो लेगको खेलको समग्र नतिजा बराबरी भएपछि पेनाल्टीबाट सेनेगलले विश्वकपमा स्थान बनाएको छ।

National life

सोही खेलका दौरान इजिप्टले आफ्नो टिमको अट्याकिङ मिडफिल्डर मोहम्मद सलाहमाथि रंगभेद भएको आरोप लगाएको छ।

मंगलबार राति सेनगेलमा भएको खेलमा उनीहरुले सलाहको अनुहारमा लेजर लाइट प्रयोग गरेका थिए। यहि विषयलाई केलाउँदै इजिप्टले आफ्नो मिडफिल्डरमाथि रंगभेद गरेको र घरेलु समर्थकले उनलाई आतंकित पारेको भन्दै आधिकारीक गुनासो दर्ता गरेको छ।

मंगलबार राति इजिप्ट र सेनेगलले विश्वकपमा पुग्नका लागि प्रतिस्पर्धा गरेका थिए। तर सो खेलको निर्धारित समयभित्र एक गोल मात्र भएपछि समग्रमा १–१ को बराबरी भएको थियो।

यसअघि इजिप्टमा भएको खेलमा इजिप्टले जित निकालेको थियो। यता गएरातिको खेलमा इजिप्टले सेनेगललाई बराबरीमा रोकेको भए पनि इजिप्ट विश्वकपमा पुग्ने सम्भावना धेरै थियो। तर सेनेगलका घरेलु समर्थकले खेलको सुरुबाटै केहि खेलाडीमाथि हरियो रंगको लेजर लाइट प्रयोग गरेर उनीहरुको खेलमा अवरोध पैदा गरेका थिए।

Laxmi sunrise bank
kumari

त्यस्तै, सेनेगलका समर्थकहरुले इजिप्टका खेलाडी चढेको बसमा पनि आक्रमण गरेका थिए।

‘यो खेलमा इजिप्टियन टिममाथि विभेद भएको छ। त्यहाँका समर्थकले आपत्तिजनक ब्यानर राख्ने र हाम्रा खेलाडी विशेषतः मोहम्मद सलाहमाथि दुर्व्यवहार भएको छ,’ इजिप्टियन फुटबल एसोसिएसनले विज्ञप्तिमा लेखेको छ। इएफएले सेनेगलको समर्थक र सुरक्षा अधिकारीविरुद्ध खेलअघि नै अफ्रिकन फुटबल महासंघ र फिफालाई जानकारी दिएको बताएको छ।

त्यस्तै खेलाडीले वार्मअप गरिरहेको समयमा पनि दर्शकले खेलाडीमाथि बोतल र ढुंगा प्रहार गरेका थिए। त्यस्तै, उनीहरुले बसमा आक्रमण गर्दा बसको सिसा चर्किएको छ भने त्यहाँ सवार मानिसलाई चोट पुगेको छ। यसको फोटो र भिडियो सुरक्षित रहेको ईएफएले जनाएको छ।

गएराति अतिरिक्त समयमा पनि खेल बराबरी भएपछि नतिजा पेनाल्टीबाट लिनु परेको थियो। मोहम्मद सलाह पेनाल्टीका लागि तयार भएको समयमा सेनेगलका समर्थकले उनको अनुहारमा लेजर लाइट प्रयोग गरेका थिए।

त्यसपछि उनको प्रहारमा बल क्रसबारमा लागेको थियो। त्यस्तै, खेलको अन्तिम समयमा समर्थकले उनीमाथि केही बस्तुहरुले प्रहार गरेपछि सेक्युरिटी गार्डले स्कर्ट गरे उनलाई प्लेयर बक्समा लगेका थिए।


प्रकाशित: Mar 30, 2022| 17:06 बुधबार, चैत १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।