आइतबार, साउन ३१, २०८३

पाँचौँ बिमस्टेक सम्मेलन : संगठनको बडापत्र अनुमोदन

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) को पाँचौँ शिखर सम्मेलनले सङ्गठनको बडापत्र अनुमोदन गरको छ।
 |  बुधबार, चैत १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत १६, २०७८

काठमाडौं- बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) को पाँचौँ शिखर सम्मेलनले सङ्गठनको बडापत्र अनुमोदन गरको छ। श्रव्यदृश्यका माध्यमबाट सदस्य राष्ट्रका राष्ट्राध्यक्ष/सरकार प्रमुखले वडापत्रमा हस्ताक्षर गरेका हुन्। बडापत्रमा प्रधानमन्त्री शेरबहादुर देउवाले हस्ताक्षर गरेका छन्। 

सम्मेलनले तीन नयाँ दस्तावेजलाई पनि अनुमोदन गरेको छ। कोलम्बोमा रहेका परराष्ट्रमन्त्री डा नारायण खड्काले नेपाल सरकारका तर्फबाट ‘आपराधिक मामिलामा पारस्परिक कानुनी सहायतासम्बन्धी बिमस्टेक महासन्धि’ र ‘कोलम्बोमा प्रविधि हस्तान्तरण केन्द्र स्थापनासम्बन्धी संलग्नतापत्र’मा हस्ताक्षर गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

त्यसैगरी परराष्ट्र मन्त्रालयका सहसचिव तथा क्षेत्रीय सङ्गठन महाशाखाका प्रमुख घनश्याम भण्डारीले ‘बिम्स्टेक सदस्य राष्ट्रका कूटनीतिक प्रतिष्ठान/प्रशिक्षण संस्थाबीच पारस्परिक सहयोगसम्बन्धी समझदारीपत्र’मा हस्ताक्षर गरेका छन्।

तीन वर्षअघि काठमाडौँमा सम्पन्न चौथो शिखर सम्मेलनले बलियो बिम्स्टेक निर्माण गर्न बडापत्रको आवश्यकता, सङ्गठनको पुनःसंरचना, सङ्गठनको कार्यक्षेत्र र उपक्षेत्र निर्धारण तथा सचिवालयलाई बलियो बनाउने आधारशिला निर्माणका निम्ति आह्वान गरेको थियो। 

प्रकाशित: Mar 30, 2022| 15:08 बुधबार, चैत १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...