आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • गठबन्धनका दल एक–एक किलोका ढक हुन्, एमाले एक्लै क्विन्टलको ढक हो : ओली

गठबन्धनका दल एक–एक किलोका ढक हुन्, एमाले एक्लै क्विन्टलको ढक हो : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एमालेसँग एक्लै लड्ने हिम्मत कसैको नरहेको बताएका छन्। एमाले नेता तथा व्यवसायी दुर्गा प्रसाइँले भक्तपुरमा खोलेको तरकारी बजारको उद्घाटन गर्दै एमालेसँग भिड्ने अरु दलको हिम्मत नरहेको बताएका हुन्।
 |  बुधबार, चैत १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत १६, २०७८

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एमालेसँग एक्लै लड्ने हिम्मत कसैको नरहेको बताएका छन्। एमाले नेता तथा व्यवसायी दुर्गा प्रसाइँले भक्तपुरमा खोलेको तरकारी बजारको उद्घाटन गर्दै एमालेसँग भिड्ने अरु दलको हिम्मत नरहेको बताएका हुन्।

‘पार्टी बाहिर रहेका जुनसुकै दलका युवा साथीहरु  नझुक्किनुस्, नभुलिनुस्, नेकपा एमालेमा आउनुस,’ उनले भने, ‘आज पूर्व लडाकु साथीहरु एमालेमा आउँदै हुनुहुन्छ। उहाँहरु बुझेर नै नेकपा एमालेमा प्रवेश गर्नु भएको हो। नेकपा ऐमालेमा २२ हजारको संख्यामा युवाहरु प्रवेश गर्दैहुनुहुन्छ। पाँच वटा दलको गठबन्धनले मान्छे झुक्काउने काम गरिरहेको छ। एमालेसँग एक्लै लडन सक्छु भन्ने सोच्दै नसोचे हुन्छ, गठबन्धन गरेरै आउन पर्छ।’

उनले गठबन्धन गरेरै आएपनि एमालेसँग अन्य दल लड्न नसक्ने दावी गरे। ‘हामीलाई साह्रै बच्चा भयो भने पनि ग्राहो हुन्छ । पाँच भए बच्चा भएपछि बराबर जस्तो हुन्छ र लड्न सहज होला। तर, बच्चासँग  निहुरिएरै लड्न पर्छ । तर लोभी पापिहरूको गठबन्धनलाई ग्राहो छ,’ उनले भने, ‘गठबन्धन बिना एमालेसँग लडन सक्दैनन् बुझ्नु भयो। गठबन्धन गरेपनि एमालेसँग लडन सक्दैनन्।’ 

उनले एमाले क्विन्टलको ढक भएको जिकिर गर्दै गठबन्धनका दलहरु एक–एक किलोका ढक भएको बताए। ‘हाम्र केही साथीहरुलाई गठबन्धन हुन्छ, अप्ठ्यारो पर्छ कि भनेर चिन्ता परेको होला । तर,  एक–एक किलोका पाँच वटा ढक एका तिर र अर्को तर्फ क्विन्टलको ढक राख्नुभयो भने के हुन्छ? एमाले क्विन्टलको ढक हो,’ उनले भने, ‘एमालेसँग लड्छु भनेर नेपालका कुनै पनि दलले नचिताए हुन्छ। उहाँहरुले गठबन्धन नगरी एमालेसँग लड्न सकिँदैन भनेर बुझेको ठिक छ। गठबन्धन गरेपनि एमालेसँग लड्न सकिँदैन भनेर पनि उहाँहरुले बुझ्न आवश्यक छ।’

उनले सत्ताधारी दललाई गठबन्धन गर्न सहज नभएको बताए। ‘ गठबन्धन गर्छौं भनेका छन्, तर सजिलो छैन। लोभिपापीहरुको गठबन्धन हो कति गाह्रो होला। यसअघि मनोनयन दर्ता एकै दिन हुन्थ्यो, तर, अहिले दुई दिन चाहियो रे गठबन्धनमा कुरा मिल्दैन रे,’ उनले भने।

प्रकाशित: Mar 30, 2022| 13:49 बुधबार, चैत १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...