आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • गैरआवासीय नेपालीका समस्या समाधान गर्न सरकार सकारात्मक छ : मन्त्री बडू

गैरआवासीय नेपालीका समस्या समाधान गर्न सरकार सकारात्मक छ : मन्त्री बडू

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले गैरअवासीय नेपाली संघले उठाउँदै आएका माग सम्बोधनका लागि सरकार सकारात्मक रहेको बताएका छन्।
 |  बुधबार, चैत १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत १६, २०७८

काठमाडौं- कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले गैरअवासीय नेपाली संघले उठाउँदै आएका माग सम्बोधनका लागि सरकार सकारात्मक रहेको बताएका छन्। 

बुधबार काठमाडौंमा गैरआवसीय नेपाली संघको ध्यानाकर्षण पत्र बुझ्नुहुँदै मन्त्री बडूले संवैधानिक व्यवस्थाअनुसार नागरिकतासँग सम्बन्धित विषय र संघले उठाउँदै आएका अरू मागहरू कानुन र नियमावली निर्माणबाट सम्बोधनका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बचनबद्धता गरे।

चैत्र १२ र १३ गते काठमाडौंमा सम्पन्न दशौं गैरआवासीय नेपाली सम्मेलनबाट निर्वाचित समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै मन्त्री बडूले समुन्नत नेपाल निर्माणको अभियानमा गैरआवासीय नेपालीसँग सहकार्य गर्न सरकार तयार रहेको बताए। 

संघका अध्यक्ष कुल आचार्य नेतृत्वको टोलीले मन्त्री बडूलाई नेपालको संविधान २०७२ ले  गैरआवासीय नेपाली नागरिकताका सम्बन्धमा गरेको व्यवस्था कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण,  तीन पुस्तापछिको एनआरएनलाई पनि गैरआवासीय नेपाली नागरिकताबाट वञ्चित नगराउने गरी संविधान संशोधनका लागि राजनीतिक सहमतिका लागि पहल गर्न आग्रह गरेको थियो। 

यस्तै दोहोरो नागरिकता लिन नमिल्ने देशमा रहेका गैरआवासीय नेपालीका लागि परिचयपत्रको माध्यमबाट सम्पत्तिलगायतका अधिकार प्रयोग गर्न सकिने गरी गैरआवासीय नेपाली ऐन २०६६ लाई संशोधन गर्न पहल र सहयोगका लागि टोलीको आग्रह थियो।

प्रकाशित: Mar 30, 2022| 13:34 बुधबार, चैत १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...