आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • दक्षिण अमेरिकी छनोटमा ब्राजिलको सानदार जित, बराबरीमा रोकियो अर्जेन्टिना

दक्षिण अमेरिकी छनोटमा ब्राजिलको सानदार जित, बराबरीमा रोकियो अर्जेन्टिना

ब्राजिललाई जित दिलाउन रिचार्लिसनले दुई गोल गरे भने लुकास पकेटा र ब्रुनो गुइमरेसले पनि समान १-१ गोल गरे।
 |  बुधबार, चैत १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत १६, २०७८

काठमाडौं- कतार विश्वकपका दक्षिण अमेरिकी छनोटम ब्राजिलले बोलिभियाविरुद्ध सानदार जित निकालेको छ। बोलिभियाको रंगशालामा मंगलबार राति सम्पन्न भएको खेलमा उसले ४-० को जित निकालेको हो।

National life

ब्राजिललाई जित दिलाउन रिचार्लिसनले दुई गोल गरे भने लुकास पकेटा र ब्रुनो गुइमरेसले पनि समान १-१ गोल गरे।

त्यस्तै, एक्वेडरको मैदानमा अर्जेन्टिनाले १-१ को बराबरी खेलेको छ। जुलियन अल्वारेजले खेलको २४औं मिनेटमा बनाएको अग्रता जोगाउन नसक्दा अर्जन्टिना बराबरीमा रोकिएको हो। मंगलबार रातिकै अन्य खेलमा भने पेरुले पराग्वेलाई २-० गोलले हराएको छ भने कोलम्बियाले भनेजुएलालाई १-० गोलले हराएको छ। त्यस्तै, उरुग्वेले चिलीमाथि २-० को जित निकालेको छ।

गएरातिको खेलसँगै अब दक्षिण अमेरिकी छनोटअन्तर्गतको एक खेल मात्र बाँकी छ। ब्राजिलको मैदानमा कोभिड प्राटोकल तोडिएपछि स्वाथ्यकर्मीहरुले अवरोध गरेपछि खेलबाहेक सबै खेल सम्पन्न भएका छन्।

यो छनोटको शीर्ष चारमा रहने टिम विश्वकपमा छनोट भइसकेको छ। यसरी छनोट हुनेमा ब्राजिल, अर्जेन्टिना, उरुग्वे र इक्वेडर रहेका छन्। पाँचौ स्थानको पेरुले भने महादेशबीचको छनोट खेल्नु पर्नेछ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 30, 2022| 08:55 बुधबार, चैत १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।