आइतबार, मंसिर ७, २०८२

अफ्रिकाबाट विश्वकपमा पुग्ने यी हुन् पाँच देश

अब मोरोक्को, ट्युनिसिया, क्यामरुन घाना र सेनेगलले आउँदो नोभेम्बरमा हुने विश्वकप खेल्ने भएका छन्। इतिहासमै पहिलो पटक विश्वकप नेभेम्बरमा हुन लागेको हो।
 |  बुधबार, चैत १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत १६, २०७८

काठमाडौं- अफ्रिकाबाट विश्वकपमा स्थान बनाउने पाँच देशको टुंगो लागेको छ। मंगलबार राति अयोजना भएको छनोटको दोस्रो लेगको खेलबाट विश्वकपमा स्थान बनाउने पाँच टिमको टुंगो लागेको हो।

National life

अब मोरोक्को, ट्युनिसिया, क्यामरुन घाना र सेनेगलले आउँदो नोभेम्बरमा हुने विश्वकप खेल्ने भएका छन्। इतिहासमै पहिलो पटक विश्वकप नेभेम्बरमा हुन लागेको हो।

घानाले नाइजेरियाविरुद्ध अवे गोलका आधारमा अघि रहँदै विश्वकपमा स्थान बनाएको हो। यी दुवै देशले समान १-१ गोल गरेका थिए। तर नाइजेरियाले घरेलु मैदानमा र घानाले अवे मैदान(नाइजेरियाको मैदानमा)मा गोल गरेपछि घानाले जित निकालेको हो।

त्यस्तै, अर्को खेलमा इजिप्टलाई पेनाल्टीमा ३-१ ले हराउँदै सेनेलेगले पनि कतार विश्वकपमा स्थान बनाएको छ।

मंगलबार राति अल्जेरियालाई पछि पार्दै क्यामरुनले पनि विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको छ। यसअघि क्यामरुनमा भएको खेलमा अल्जेलियाले १-० गोलको जित निकालेको थियो। त्यस्तै, गएराति अल्जेरियामा भएको खेलमा क्यामरुनले २-१ गेलको जित निकालेपछि समग्रमा खेलको नतिजा २-२ को बराबरी भएको थियो।

Laxmi sunrise bank
kumari

तर क्यामरुले दुवै गोल अवे मैदानमा गरेको कारण उसले अल्जेरियालाई पछि पार्दै विश्वकपमा स्थान बनाएको हो।

अफ्रिकाबाट विश्वकपमा स्थान बनाउने अर्को देश चाहिँ मोरोक्को हो। उसले अमग्रमा कंगोलाई ५-२ गोलले हराउँदै विश्वकपमा स्थान सुरक्षित गरेको हो।

त्यस्तै, ट्युनिसियालाई विश्वकपमा स्थान बनाउन १-० को नजिता पर्याप्त रह्यो। जहाँ पहिलाले लेगको खेलमा ट्युनिसियाले जित निकालेका थियो। तर दोस्रो लेगमा दुवै टिमबाट गोल नभएपछि त्यहि नजिताको आधारमा ट्युनिसिया विजयी भएको हो।

प्रकाशित: Mar 30, 2022| 08:30 बुधबार, चैत १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।