आइतबार, मंसिर ७, २०८२

आईपीएलमा हैदराबादविरुद्ध राजस्थानको सानदार जित

१११ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा सात विकेटगुमाउँदै १४९ रन मात्र बनाउन सकेपछि राजस्थानले ६१ रनको जित निकालेको हो।
 |  बुधबार, चैत १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत १६, २०७८

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले सनराइजर्स हैदराबादलाई ६१ रनले हराएको छ। हैदराबादको पुने रंगशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको राजस्थानले पुरा ओभर खेल्दै छ विकेट गुमाएर २१० रन बनाएको थियो।

National life

१११ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा सात विकेटगुमाउँदै १४९ रन मात्र बनाउन सकेपछि राजस्थानले ६१ रनको जित निकालेको हो।

राजस्थानको जितका लागि प्लेयर अफ दि म्याचसमेत बनेका सन्जु समसनले ५५ रन बनाए भने देवदत्त पडिक्कलले ४१ रनको योगदान दिए। त्यस्तै, जस बटलरले ३५ र सिमरन हेत्मायरले ३२ रन बनाएका थिए।

हैदराबादका उमरन मलिक र टी नटराजनले समान २-२ विकेट गिराए।

जवाफमा हैदराबादले साम्रो ओपनिङ गर्न सकेन। ओपनर केन विलियम्सन दुई र अभिषेक शर्मा ९ रन बनाएर आउट भए। त्यसपछि मैदान छिरेका राहुल त्रिपति र निकोलस पुरन त शून्य रनमै पेवेलियन फर्किए।

Laxmi sunrise bank
kumari

तर अइदिन मकरमले ५७ रनको अर्धसतकिय पारी खेले भने वासिंटन सुन्दरले पनि ४० रन बनाए। हैदराबादविरुद्ध कसिलो बलिङ गरेको राजस्थानका ट्रेन्ट बोल्ट र प्रसिद्ध कृष्णले समान २-२ विकेट गिराए। यसबाहेक युजवेन्द्र चहलले तीन विकेट लिए।

यससँगै आईपीएलको पहिलो चरणको खेल सकिएको छ। पहिलो चरणको खेल सकिँदा सबैभन्दा धेरै रन रेट राजस्थानकै हातमा छ। राजस्थानसँगै दिल्ली, पञ्जाब, कोलकत्ता र गुजरातले समान २-२ अंक बटुलेका छन्।

प्रकाशित: Mar 30, 2022| 07:31 बुधबार, चैत १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।