सोमबार, मंसिर ८, २०८२

'अब झोले खेदकुद संघ खारेज हुन्छ'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं-राष्ट्रिय खेलकूद परिषदका सदस्य सचिव केशवकुमार विष्टले खेलकूद संघको नाममा विदेश जाने उद्धेश्यले खोलेका, सम्पर्क कार्यालय नभएका र काम नगर्ने झोले खेलकूद संघलाई क्रमशः खारेज गरिँदै लगिएको र भविष्यमा पनि यसलाई निरन्तरता दिने बताएका छन् ।

सम्वन्धित खेलको विकास गर्दै खेलाडी उत्पादन गर्ने उद्धेश्य राखी सञ्चालन गर्नुपर्ने खेलकूद संघ नाम मात्रैको संस्था खोलेर काम नगरेकै कारण आफु सदस्य सचिव भएर आएको ३ वर्षको अवधिमा २५ वटा त्यस्ता संस्था खारेज गरिसकेको पनि सदस्य सचिव विष्टले बताए ।

टग अफ वार एशोसियसन (तान डोरी संघ) काठमाडौंको आयोजनामा विभिन्न विद्यालयका प्रिन्सिपलहरुको लागि राजधानीको मध्यबानेश्वरमा आयोजित एकदिने 'खेलकूद विज्ञान तथा प्राविधिक गोष्ठी' को उद्घाटनका अवसरमा सदस्य सचिव विष्टले सो कुरा बताएका हुन ।

हालसम्म अन्तराष्ट्रिय खेलकूद प्रतियोगितामा पुरुषको तुलनामा महिला खेलाडीले बढी पदक जितेको उल्लेख गर्दै सदस्य सचिव विष्टले पुरुषको साथै महिला खेलाडी उत्पादन गर्ने र नियमितरुपमा प्रतियोगिता आयोजना गर्ने कार्यमा संघ सकृय भएमा परिषदले आर्थिक अनुदानदेखि राष्ट्रिय तथा अन्तराष्ट्रिय तालीममा प्रशिक्षक सहभागी गराउन परिषदले कुनै कसर बाँकी नराख्ने पनि उनले बताए ।

सरकारले विरामीको उपचारका लागि अस्पताल खोल्नुभन्दा रंगशाला बनाएर स्वस्थ र निरोगी खेलाडी उत्पादन गर्नुपर्ने पनि विष्टले औंल्याए ।    एशियाली टग अफ वार एशोसियसनका उपाध्यक्ष भवानीप्रसाद पौडेलले खेलकोे विकासको लागि समयसमयमा विभिन्न प्रतियोगिता आयोजना गरि खेलाडी उत्पादन गर्दै खेललाई जीवन्त राख्नुपर्ने कुरामा जोड दिए 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।