बिहीबार, फागुन २१, २०८२

इजिप्टलाई हराउँदै सेनेगलले बनायो विश्वकपमा स्थान

त्यो समयमा इजिप्टका हाम्दी फाथीले आफ्नै पोस्टमा गोल गरेपछि सेनेगलले दोस्रो लेगको खेलमा अग्रता बनाएको थियो। तर त्यसपछि दुवै टिमले गोल गर्न सकेनन्।
 |  बुधबार, चैत १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत १६, २०७८

काठमाडौं- दुई खेलको समग्रमा नतिजा १-१ को बराबरी भएपछि इजिप्टविरुद्ध पेनाल्टीमा जित निकाल्दै सेनेगलले कतार विश्वकपको यात्रा तय गरेको छ। मंगलबार रातिको खेलमा सेनेगलले खेलको चौथो मिनेटमा एक गोलको अग्रता बनाएको थियो।

त्यो समयमा इजिप्टका हाम्दी फाथीले आफ्नै पोस्टमा गोल गरेपछि सेनेगलले दोस्रो लेगको खेलमा अग्रता बनाएको थियो। तर त्यसपछि दुवै टिमले गोल गर्न सकेनन्।

यसअघि  गएको शुक्रबार भएको पहिलो लेगको खेलमा इजिप्टले गोल गरेको थियो। त्यो सामयमा पनि खेलको चौथो मिनेटमै सेनेगलका सलिओउ सिसले आत्मघाति गोल गरेपछि इजिप्टले जित निकालेको थियो।

दुई खेलको छनोटअन्तर्गत पहिलो खेलमा इजिप्टले एक गोल र दोस्रो खेलमा सेनेगलले एक गोल गरेपछि खेल १-१ को बराबरी भएको थियो।

सेनेगलले इजिप्टलाई पेनाल्टीमा ३-१ ले हरायो। पेनाल्टीमा इजिप्टका ३ खेलाडीले गोल गर्न सकेनन। त्यस्तै, सेनेगलका पनि २ खेलाडीले पेनाल्टीमा गोल गर्न सकेनन्।

kumari

बाँकी खेलाडीले गोल गरेसँगै सेनेगलले ३-१ को जित निश्चित गरेको हो।

प्रकाशित: Mar 30, 2022| 07:45 बुधबार, चैत १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।