आइतबार, मंसिर ७, २०८२

स्विडेनलाई हराउँदै पोल्यान्ड विश्वकपमा छनोट

पोल्यान्डले विश्वकपमा स्थान बाउनका लागि प्लेअफको फाइनल खेलमा स्विडेनलाई २-० गोलले हराएको हो।
 |  बुधबार, चैत १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत १६, २०७८

काठमाडौं- युरोपबाट विश्वकपमा छनोट हुने देशको संख्या १२ पुगेको छ। मंगलबार राति पोर्चुगलसँगै पोल्यान्ड पनि छनोट भएपछि युरोपेली देशको संख्या १३ पुगेको हो। पोल्यान्डले विश्वकपमा स्थान बाउनका लागि प्लेअफको फाइनल खेलमा स्विडेनलाई २-० गोलले हराएको हो।

National life

पोल्यान्डलाई जित दिलाउन रोबर्ट लेवान्डोस्की र पोइटर लिजेन्स्कीले समान १-१ गोल गरेका छन्। पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा लेवान्डोस्कीले पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै ४९औं मिनेटमा पहिलो गोल गरेका थिए।

त्यस्तै, खेलको ७२औं मिनेटमा जिलेन्स्कीले गोल गरेपछि पोल्यान्डले दुई गोलको अग्रता बनायो। गएराति नै आयोजना भएको अर्को प्ले अफ फाइनलमा नर्थ म्यासेडोनियालाई २-० गोलले नै हराउँदै पार्चुगलले पनि विश्वकपमा स्थान बनाएको हो।

युरोपबाट विश्वकपमा १३ देशको  सहभागिता हुने गर्दछ। तर प्लेअफमा सहभगाी भएको युक्रेनमा युद्ध चलिरेको कारण अहिले एउटा समूहको प्लेअफ भने हुन सकेको छैन्।

प्रकाशित: Mar 30, 2022| 07:10 बुधबार, चैत १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।