आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • पोर्चुगललाई विश्वकपमा पुर्‍याउन ब्रुनो फर्नान्डेसको दुई गोल

पोर्चुगललाई विश्वकपमा पुर्‍याउन ब्रुनो फर्नान्डेसको दुई गोल

मंगलबार राति पोर्चुगलको पोर्टोमा आयोजना भएको प्लेअफको फाइनल खेलमा नर्थ म्यासेडोनियाँविरुद्ध जित निकाल्दै पोर्चुगलले विश्वकपमा स्थान बनाएको हो।
 |  बुधबार, चैत १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत १६, २०७८

काठमाडौं- ब्रुनो फर्नान्डेसको दोहोरो गोलको सहयोगमा पोर्चुगलले कतार विश्वकपको यात्रा तय गरेको छ। मंगलबार राति पोर्चुगलको  पोर्टोमा आयोजना भएको प्लेअफको फाइनल खेलमा नर्थ म्यासेडोनियाँविरुद्ध जित निकाल्दै पोर्चुगलले विश्वकपमा स्थान बनाएको हो।

National life

यसअघि जर्मनी र इटालीलाई हराइसकेको म्यासेडोनिया गएरातिको खेलमा पनि जितको लक्ष्यका साथ मैदान पसेको थियो। तर पोर्चुगलको घरेलु समर्थकमाझ खेल अवधिभर ३६ प्रतिशत बल पोसेसन बनाउँदै विपक्षीको पोस्टमा तीन पटक मात्र आक्रमण गर्न सफल भयो।

यता म्यासेडोनियाको पोस्टमा ११ पटक प्रहार गरेको पोर्चुगलले दुई गोल गरेको हो। पोर्चुगलका लागि दुवै गोल ब्रुनोले नै गरे। खेलको ३१औं मिनेटमा रोनाल्डोबाट पाएको पासको सदुपयोग गर्दै ब्रुनोले पोर्चुगललाई अग्रता दिलाएका थिए।

त्यस्तै, उनले दोस्रो गोल खेलको ६६औं मिनेटमा गरे। त्यतिबेला उनलाई डिएगो जोटाले पास उपलब्ध गराएका थिए।

प्रकाशित: Mar 30, 2022| 06:55 बुधबार, चैत १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।