बुधबार, असार ३१, २०८३

म्यानचेस्टर युनाइटेडविरुद्ध लिभरपुलको सहज जित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एजेन्सी-दुई इंग्लिस क्लबबीच इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा भएको प्रतिस्पर्धामा लिभरपुललाई सफलता मिलनेको छ । लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई ४-१ हराएको छ ।

 अमेरिकाको मिसिगनमा भएको खेलमा लिभरपुललाई जित दिलाउन साडियो माने, ड्यानियल स्टुरिज, सेई ओजो र जाड्रन शाकिरीले समान १ गोल गरे । युनाइटेडका आन्द्रेस पेरियराले एक गोल फर्काए । पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएपनि दोस्रो हाफमा प्रभावशाली प्रदर्शन गर्दै लिभरपुलले सहज जित निकालेको हो । 

२८ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । ३१ औं मिनेटमा युनाइटेडका पेरियराले गोल गरेपछि खेल पहिलो हाफमा १-१ गोलको बराबरीमा सकिएको थियो । ६६ औं मिनेटमा स्टुरिजले गोल गर्दै लिभरपुललाई २-१ को अग्रता दिलाए । ७४ औं मिनेटमा ओजो र ८२ औं मिनेटमा शाकिरीले गोल गरेपनि लिभरपुलको जित सहज बनेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।