बुधबार, कात्तिक १९, २०८२

उद्योगमा विद्युत् कटौतीले उत्पादनमा ६० प्रतिशत कमी

मोरङ व्यापार सङ्घ, उद्योग सङ्गठन मोरङ र नेपाल उद्योग परिसङ्घ प्रदेश १ द्वारा ‘वर्तमान विद्युत् सङ्कटका’ सम्बन्धमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेपाल विद्युत् प्राधिकरणले सुनसरी–मोरङ औद्योगिक क्षेत्रमा विगत एक हप्तादेखि गरेको विद्युत् कटौतीका कारण उत्पादनमा ६० प्रतिशत कमी आएको जनाइएको छ।
 |  मंगलबार, चैत १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १५, २०७८

मोरङ- मोरङ व्यापार संघले नेपाल सरकारसँग सुनसरी मोरङ औद्योगिक करिडोर क्षेत्रमा विद्युत्‌को नियमित आपूर्तिका लागि मंगलबार आग्रह गरेको छ। 

Kumaribank

मोरङ व्यापार सङ्घ, उद्योग सङ्गठन मोरङ र नेपाल उद्योग परिसङ्घ प्रदेश १ द्वारा ‘वर्तमान विद्युत् सङ्कटका’ सम्बन्धमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेपाल विद्युत् प्राधिकरणले सुनसरी–मोरङ औद्योगिक क्षेत्रमा विगत एक हप्तादेखि गरेको विद्युत् कटौतीका कारण उत्पादनमा ६० प्रतिशत कमी आएको  जनाइएको छ।

व्यापार सङ्घका अध्यक्ष नवीन रिजालले औद्योगिक क्षेत्रमा यही चैत ८ गतेदेखि दैनिकरूपमा बेलुकीको समयमा विद्युत् कटौती गरेकाले उत्पदनमा कमीका साथै उद्योग बन्द गरी मजदुरलाई रोजगारीविहीन बनाउनुपर्ने अवस्था सिर्जना भएको बताए।

उनले उद्योगधन्दाबाट सरकारले प्राप्त गर्ने राजस्वमा समेत ह्रास आउनुका साथै बैंक तथा वित्तीय संस्थालाई ब्याज तथा साँवा बुझाउन नसक्ने अवस्था आएको धारणा राखे। औद्योगिक करिडोरमा दैनिक २०० मेघावाट विद्युत् आवश्यक रहेको छ।

अध्यक्ष रिजालले विद्युत्सम्बन्धी समस्या समाधान नभएमा सम्पूर्ण उद्योग बन्द गरी सरकारलाई चाबी बुझाउन उद्यमी बाध्य हुने जानकारीसमेत दिए। उद्योग सङ्गठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले बेलुकीको समयमा दैनिक छ घण्टा विद्युत् कटौतीमा प्राधिकरणलाई सहयोग गर्ने बताउँदै मुलुकको अर्थतन्त्र जोगाउन यस क्षेत्रमा विद्युत्को नियमित व्यवस्था हुनुपर्नेमा जोड दिए। 

Metro Mart

उद्योग सङ्गठनका पूर्वअध्यक्ष पवन शारडाले नेपाली उत्पादन श्रीलंका र बङ्गलादेश निर्यातमा विद्युत् कटौतीले बाधा उत्पन्न गर्नुका साथै उद्योगमा थप स्वदेशी लगानीमा समस्या आउने जनाए। परिसंघका अध्यक्ष भीम घिमिरेले मुलुकको समस्याग्रस्त अर्थतन्त्र जोगाउन औद्योगिक क्षेत्रमा हुने विद्युत् कटौती अविलम्ब हटाउन आग्रह गरे।

प्रकाशित: Mar 29, 2022| 22:25 मंगलबार, चैत १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।