बिहीबार, फागुन २१, २०८२

त्रिदेशीय सिरिजमा पपुवा न्युगिनीलाई मलेसियाले ८ रनले हरायो

कीर्तिपुरको टियू मैदानमा जारी त्रिदेशीय टी २० सिरिजअन्तर्गत आजको खेलमा टस जितेर ब्याटिङ राजेको मलेसियाले ८ रनको जित निकालेको छ।
 |  मंगलबार, चैत १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १५, २०७८

काठमाडौं–  कीर्तिपुरको टियू मैदानमा जारी त्रिदेशीय टी २० सिरिजअन्तर्गत आजको खेलमा टस जितेर ब्याटिङ राजेको मलेसियाले ८ रनको जित निकालेको छ।

१८१ रनको लक्ष्यका साथ मैदान उत्रिएको पीएनजीलाई १७२ रनमा रोक्दै मलेसियाले ८ रनको जित निकालेको हो। पहिले ब्याटिङ गरेको मलेसियाले तीन विकेट गुमाएर पूरा ओभर खेल्दै १८० रन बनाएको थियो।

मलेसियाका विरनदिप सिंहले अविजित सर्वाधिक ५९ रन बनाएपछि मलेसियाले प्रतिस्पर्धात्मक लक्ष्य प्रदान गरेको हो। खेलमा पपुवा न्युगिनीका लागि नोर्मन वाउना र नोसाइना पोकनाले समान १,१ विकेट गिराएका छन्।

मलेसियाका ओपनर विरनदीप सिंहले सर्वाधिक ५९ रन बनाए। अर्का ओपनर जुबादी जुल्किफले चार रन बनाएर आउट भए। त्यस्तै, कप्तान अहमद फैजले सबैभन्दा धेरै ५६ रन बनाए। उनले ३७ बलमा पाँच चौका र तीन छक्काको साहयोगमा उनले सो रन जोडेका हुन्।

त्यस्तै, सायद अजिजले पनि २६ बलमा ४७ रन बनाए। उनले पाँच चौका र दुई छक्काको सहयोगमा उनले सो रन जोडेका हुन्।

kumari

जवाफमा पीएनजी तीन बल बाँकी रहँदै सम्पूर्ण विकेट गुमाएर १७२ रनमा समेटियो। पीएनजीका लागि टोनी उराले ५६ रनको अर्धसतकिय पारी खेले। त्यस्तै, नोर्मन वाउनाले पनि ४५ रन बनाए। सिमोन अताईले १७ रन बनाए भने अन्य खेलाडीले सम्झनलायक रन बनाउन सकेनन्।

यता मलेसियाका श्रविन मुनियन्दीले चार विकेट लिए भने मोहम्मद सिरज र प्रविनदीप सिंहले समान ३–३ विकेट गिराए।

यो जितसँगै मलेसियलो प्रतियोगितामा दुई अंक जोडेको छ। प्रतियोगितामा नेपालकोप नि दुई अंक रहेको छ। अब बुधबारको खेलमा नेपालले मलेसियाको सामना गर्नेछ।

प्रकाशित: Mar 29, 2022| 16:15 मंगलबार, चैत १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।